IMG-LOGO

चीनको तियानमेन स्क्वायरको चक्रव्यूहमा फस्यौं हामी

 मंगल, पौष १५, २०८२  – तुयुकाजी ताम्राकार

     महाभारत युद्धमा कौरब पक्षले पाण्डव पक्षका सबैभन्दा कुशल योद्धा अर्जुन जिवित छन्जेल युद्ध जित्न नसक्ने सत्यता बुझेर उनलाई मार्न चक्रब्युह भन्ने महाजाल रचेका थिए । उक्त चक्रब्युहमा जो पस्छ त्यो जिवित बाहिर निस्कनै नदिइ मार्ने ब्युह रचेका थिए । अर्जुनको सट्टा उनकै छोरा वीर अभिमन्यु चक्रब्युह तोड्न पसेका उनी आफैले मृत्युवरण गर्न पुगेका थिए । चीन यात्राको क्रममा म र श्रीमती ज्ञानी हामी दुईजना तीयानमेन स्क्वाएर सर्प चक्रब्युहमा फँस्न पुगेका थियौं ।      विश्व प्रसिद्ध चीनको तियानमेन चोक विश्वमै सर्वोधिक ठूलो सभा समारोह उत्सव मनाउने, परेड खेल्ने आदि कार्यक्रमहरुको आयोजना गर्ने स्थान रहेछ । त्यहि स्थान हो जहाँ सन् १९४९ मा विशाल जन समूह र लालसेनाहरुको उपस्थितिमा अध्यक्ष माओले चीन जनवादी गणतन्त्रमा प्रवेश गरेको क्रान्तिको घोषणा गरे पश्चात तियानमेन स्क्वाएरको महत्व अझ बढेको रहेछ । त्यो ठाउँ चीन भ्रमणको प्रमुख स्थान बनिसकेको रहेछ । त्यसैकारण त्यहाँ सधैं पर्यटकहरुको भिड वर्षाको बढि झैं लाग्दो रहेछ ।      हाम्रो पन्ध्रजनाको टोली चोकमा पस्न लाइन लाग्यौं । झण्डै दुई घण्टाको लाइनमा बसेर माओ स्मृती भवनमा पुग्यौं । चीनीया क्रान्तिका नायक अध्यक्ष माओको पार्थिव शरिरको दर्शन गर्नेहरुको चार लाइनमा लाग्नेहदरको ताँती र उत्सुकता देख्दा तिनिहरुको मन कुनै अलौकिक, दुर्लभ र अत्यन्त दर्शनिय वस्तु हेर्न लालयित भए झै लाग्थ्यो । एउटा ठूलो हलमा पुग्यौं । हलको विचमा अक्ष्यक्ष माओ आनन्दले निदाइरहेझै उत्तानो सुतिरहेको शरिरको टाउको र अनुहार प्रष्ट देख्न सकिने र छात्ती मुनीबाट झण्डा ओढाइएको पार्थिब शरिर देख्दा मात्र पनि एउटा महामानवको त्यो दर्शनले आत्मसन्तुष्टि र खुशी मिलेको आभाष प्रष्ट देखिन्थे । हलमा शान्ति र चकमज थियो । त्यहाँ सयौंको संख्यामा लाइनबद्ध थिए तर सबै चुपचाप र मौन थिए । शायद मौनधारण गर्दै फर्कदै थिए ।      हल बाहिर निस्के पछि बिशाल चोकमा जस्लाई जहाँ मन लाग्छ जसरी मन लाग्छ त्यसरी फोटोहरु खिच्ने काम प्राय सबैले गरे । हामीले पनि फोटोहरु खिच्यौं । तियानमेन स्क्वाएरमा सरकार वा कसैले कार्यक्रम वा समाचार देखाउँदा जहिल्यै एउटा भवनको भित्तामा माओको एउटा ठूलो फोटो देखिन्थ्यो वा देखाइन्थे । चीन पुग्यो र हेर्न नजादिदो रहर लाग्थे । चीन जाने र घम्ने अवसर मिल्दा त्यहाँ हेर्न कुरै थिएन । त्यहाँ पुग्दा गाइडले थोरै समय अर्थात ५ मिनेट मात्र भनेर तर यहाँ सम्म आएको वेला भित्र चोकमा के कस्तो महत्वपूर्ण र हेर्नै पर्ने बस्तुहरु होला जाऔं हेर्न भनेर हामी वुदावरी चोक भित्र पस्यौं । केहि थिएन । भीड अर्को चोकमा गइरहेथ्यो । हामी पनि भीडको पछि लाग्यौं । तेश्रो चोकमा पुग्दा त्यस्तो चोकहरु धेरै देखियो । चोकहरु के हेर्ने फकौं भनेर फर्कन खोज्दा फर्कने बाटो उत्ताबाट भनेर पठायो । फर्कनेहरु त्यतैबाट निस्किरहेका थिए । हामी पनि चोकबाट निस्कियौं तर बाटो निकै लामो धुम्नु पर्ने रहेछ । पाँच मिनेटको बाटो पच्चिस मिनेट लाग्यो । हाम्रो समुहको साथीहरु बसेको ठाउँमा पुग्न अझै पाँच मिनेट जति लाग्ने सडक मै प्रहरीहरुले सबैलाई लाइनमै राखेर आप्‌mनो केहि कागज देखाइ गइरहेका थिए । हामीले पासपोर्ट देखायौं । हेर्‍यो टिकट खोइ भनेर सोध्यो । टिकट हामीसँग थिएन । भन्यौ हाम्रो अन्य कागजपत्र टिकट सबै हाम्रो गाइडसितै छ हामीसिट त यहि पासपोट मात्र छ भन्दा गार्डले अगाडी जान अनुमती दिएन । धेरैबेर कुराकानी भयो, हामीलाई यहाँको बारेमा केहि थाहा छैन । अज ५ बजे सुपर ट्रेनबाट साँघाइ जानु पर्छ, हामी घ समुहसिट छुटे ठूलो समस्यामा फस्छ भन्यौ । टिकट नभए जानदिन नमिल्ने अडान राखिरहे । टिकट देउ जरिवाना सहित पैसा दिउँला भन्यौं । आजको टिकट आज मिल्दैन हिजो अनलाइनबाट लिएको हुनुपर्छ भने । हाम्रो अप्‌mठ्यारो अवस्था वारे माथी आप्‌mनो हाकिमसित पनि कुराकानी भयो तर अन्तमा हाकिमले एउटा मेट्रो राडेमा सवार हुनुहोस तियानमेन पश्चिमतिर जानुहोस र झाङेशान पार्कको पश्चिम ढोकाबाट हिड्नुहोस् भन्ने सल्लाह पो दिए । पूर्व कता पश्चिम कता काशीजान कुतीको बाटो झै लाग्यो । कति लफडा गरेर बस्ने बाध्य भएर फक्यौं ।      फर्केर कहाँ जाने ? समुहसुत झन टाढिने हुन्छ । बरु सडक पार गरेर जान मिल्छ भनेर अण्डरग्राउण्ड क्रस वे पार गरी पारिपट्टीबाट गयौं । हिड्दै गयौ, बाहिर निस्कने बेला प्रहरीले राकेर फर्काउने गर्दा हाम्रो समय हिडेर वितिर भो । हामी गजबको चक्रब्युहमा फसिरहेका रहेछौं । लाग्यो कुकुरले नपाउने दुःख पाउने भयौं । हामी दवैको ओठ मुख सुकिसकेको थियो । किंकर्तविमुधको अवस्थामा फर्किरहँदा एकजना खाइलाग्दो प्रहरी सडकमा बसिरहेका थिए उसैसित मैले आफुहर समस्यामा परेको बताए । उसले पारीजानु उता अलीयर टेक्सी पाइन्छ टेक्सीमा जानु भनेर सल्लाह दिए । धन्यवाद भन्दै फेरी सडक पार गर्‍यौं । अब टेक्सी खोज्ने कसरी भन्दै आइरहेको अवस्थामा सडकमा कारहरुको लाइन रातो बत्तिको कारणले जाम लागेको रहेछ । यो टेक्सी जस्तो छ भनेर मैले श्रीमती सित भनेको शब्द ड्राइभरले सुनेछ क्यारे म तिर हेरेर आउ आउ भने । टेक्सि हो भने । कहाँ जाने भनेर सोध्यो मैले अघि खिचेको माओको फोटो भएको देखाए । त्यहाँ रोक्न मिल्दैन भने । हामी समस्यामा छौं अली तल माथी जहा मिल्छ त्यहासम्म पुर्‍याइदेउ भने । अर्को पुलिसले रोक्न सोज्दै थियो । त्याक गरेर सडकको विचबाट गाडी अगाडी बढाए । ३ मिनेटमै चोकमा पुर्‍याएको टेक्सिबाट हेर्दा त्यहाँ सुनसान भएसकेको थियो । हाम्रा सबै साथीहरु हिडिसकेको बुझिइहाल्यो । हामीलाई अलि पर पुर्‍याइ दियो । भाडा ५० माग्यो दियौं ।      हामी चक्रब्युहको घेराबाट बाहिर पुग्यौं । तर फेरी चक्रब्युहको घेरा भित्र पस्नुपर्ने बाध्यता थियो । किन भने हामीलाई पक्का पनि लिन वा हेर्न कोही बसेको होला भन्ने विश्वास गर्नुपर्ने बाध्यता थियो । प्रहरीको व्यारेकबाट फेरी निषेधित क्षेत्र पस्यौं । जान दिने फर्कदा टिकट देखाउनु पर्ने त्यहाँको नयम नै रहेछ क्यारे । हामी समुहसित छुटेको र कुनै सम्पर्क नभएको ३ घण्टा भइसकेको थियो । भेट हुने झिनो आशामा हामी छिटोछिटो हिडिरहेका थियौं । मुटुको धडकन बेस्सरी चलिरहेको थियो । मन बेचैन थियो.। हामी दुइजना बेजिङमै छुट्ने निश्चितै थियो । कसलाई के भन्ने, कहाँ जाने, कहाँ बस्ने, के गर्ने, महासागरको भुमरीमा परे झै विचलितको अवस्थामा हिडिरह्यौं । मनमा भुकम्प चलिरहेको थियो, मस्तिस्कमा आगोको ज्वाला उठिरहेको थियो । पहिरोले थिच्न लागे झैको अवस्थामा थियौं । मेरो श्रीमतीले इष्ट देवता पुकार्न थालीन् । त्यस्तो अवस्थामा सडकबाट एउटा आवाज आयो सर ! मैले त सुनिन ज्ञानीले परिचित अनुहार चिनेछ एइ त्यो जोय होइन सोधिन ? यसो हेर्दा झट्ट नचिने पनि स्वरले चिने हो हामीलाई खोज्न साइकल चढेर वरपर हेर्दैै खोज्दै आइरहेको रहेछ । हाम्रो स्वास फरक्यो । लाग्यो अब भने हामी सरक्षित हने भयौं । अडरपासबाट पारी गइ राख्न म त्यहि आउछु भने । पुलिसले रोक्न खोज्दै थियो । उसले भनेपछि फकेन दियो ।      खुशीले मख्ख पर्दै पारी पुग्यौं । चक्रब्युहको घेराबाट बाहिर पुगेर गाइडलाई यताउती हेर्‍यौं । शायद शाइकल पुर्‍याउनु पर्ने भएकोले केहि ढिला हुन्छ होला भनि सोच्यौं । गाइड आइ पुगेन । ३ बजे नै आइपुग्नु पर्ने उनी आएन । सोढे ३ पौने ४ बज्यो तर पनि उनको अतोपतो भएन । फेरि चिन्ता बढ्यो । कत गाइडले नै त हामीलाई धोका दिन लागेको होइन । यस बिचमा केहिले म कहिले श्रीमती ज्ञानी यताउती हेर्ने खोज्ने क्रममा अण्डरवेबाट निस्किने ठाउँमा पटक पटक हेर्न गइरहेदा हाम्रो कृया कलाप देखेर त्यहाँ बस्ने प्रहरीलाई शंका लागेर पासपोट देखाउ भनेछन् । पासपोट मसित थियो । उहाँ छ भनेपछि प्रहरी सँग आएर मसितको पासपोट हेरे र उसले आउनु भनेर पछि लगाए । एकैक्षण पछि एकजना प्रहरी हाकिम मोटरसाइकलमा आएर मलाई वाइकको पछाडी बस्न भने ।      किन बस्ने हामी त यहाँ हाम्रो गाइडलाई पर्खिरखेको भन्यौ । हाकिमले तिम्रो गाइडले उहाँ अफिसमा तिमीलाई पर्खिबसेको छ भने । त्यति नै बखत गाइड बेस्सरी दैडेर आइरहेको र हामीलाई पनि दौडिन भन्दै अगाडी गए । हामी पनि करिब १०० पाइला जति दैडिए पछि टेक्सि स्टेण्डमा पुग्यौं । झरपट एउटा टेक्सि मिलाएर बस्यौं र रेल्वे स्टेसनमा लाग्यौं । रेल छुट्न १० मिनेट बाँकी हुँदा हाम्रो भेट १३ जनाको समुहसित पूर्णमिलन भयो । धन्न अनेक परिघटना हुनबाट जोगियौं । हुनपर्ने थुप्रै ज्ञान पाएर बुभ्‌mयौं ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्