IMG-LOGO

धार्मिक सम्बन्धले अति नजिक

 मंगल, पौष ८, २०८२  –  आर. एल. श्रमजीवी, प्रधान सम्पादक नेपाल–भारत सम्बन्ध – ३३

     नेपाल–भारत सम्बन्ध इतिहासका पुस्तकमा मात्र नभएर धार्मिक ग्रन्थ र मिथकसम्ममा समेटिएका छन् । प्राचीन कालमा आजको आधुनिक भारत वा नेपाल भन्ने मुलुक अस्तित्वमा नरहे पनि हिन्दू धर्मका प्राचीन ग्रन्थ महाभारत, रामायण पुराण र पछि बौद्ध धर्मका नाममा जोडिएका छन् । रामायण र महाभारतमा अहिलेको नेपाल र भारतले चर्चेको भू–खण्ड र त्यस भित्रका पात्रहरूका अनगिन्ती प्रसङ्ग समेटिएका छन् ,भने बौद्ध धर्मका अनुसार लुम्बिनीमा जन्मिएका शिदार्थ गौतम भारतको गया पुगेर गौतम बुद्ध बने । बुद्धधर्ममा गौतम बुद्धले मेरो पुजा नगर्नु बरु म सम्बन्धित चार पवित्र भुमिको दर्शन गर्नु भन्ने कुरा उल्लेख छ । बुद्ध जन्मिएको लुम्बिनी, बुद्धले ज्ञान प्राप्त गरेको बौद्धगया बुद्धले पहिलो प्रवचन दिएको भूमि सारनाथ र बुद्धले अन्तिम सास लिएको भूमि कुशिनगर लुम्बिनी बाहेकका यि तीन भूमि भारतमा पर्नुले नेपाल–भारत सम्बन्धमा उपमा र अलङ्कारको जुन प्रकारको प्रयोग हुन्छ, त्यो शायदै अन्य कुनै दुई देशको हकमा मात्रै देख्न सकिन्छ ।      देश–देशबीचको सम्बन्ध मुख्यतया ती देशका ऐतिहासिक, साँस्कृतिक, धार्मिक र भाषिक पृष्ठभूमिबाट निर्मित हुन्छन् । विगतको राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक सम्बन्धले भविष्यको सम्बन्धलाई दिशानिर्देश गरेको हुन्छ । नेपाल भारत सम्बन्धमा हिन्दुहरुका लागि तिर्थाटन गर्ने चारधाम, लगायत विभिन्न धार्मिक स्थल र बौद्ध धर्मका लागि माथि उल्लेखित ३ भूमि महत्त्वपूर्ण छन् । शासक वर्गमा जति नै उत्तरचढाव सम्बन्ध भए पनि धार्मिक र साँस्कृतिक सम्बन्धले नेपाल भारत सम्बन्ध प्रगाढ छ ।      

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्