“सक्नेले नसक्नेलाई सामाजिक, भौतिक, आर्थिक र आत्मिय सहयोग गरौ ।” नेपालमा २०७८ पौष ११ गते देखि मनाउंदै आएको ज्येष्ठ नागरिक दिवस यस बर्ष अर्थात २०८२ पौष ११ गते “हाम्रो साझा अभियानःज्येष्ठ नागरिक प्रति श्रद्दा र सम्मान’’भन्ने नाराका साथ यो दिवस मनाउन्दै छ । यसै परिप्रेक्षमा ज्येष्ठ नागरिकहरूको लागि राज्यले गरेका प्रयासहरूको संक्षिप्त कुराहरू राख्ने प्रयास गरेको छु । “ज्येष्ठनागरिक सम्बन्धि नेपालको ऐन २०६३ (संशोधित २०७२।११।१३)” अनुसार ज्येष्ठ नागरिकका बारेमा निम्न बमोजिम उल्लेख गरेको छ । परिभाषा ः “ज्येष्ठ नागरिक” भन्नाले साठी वर्ष उमेर पूरा गरेको नेपाली नागरिक सम्झनु पर्छ”भनेका छन् । र नियमावलीको दफा १४मा जेष्ठ नागरिकहरुलाई निम्न ५ प्रकारमा बर्गिकरण गरिएको छ ः क) सत्तरी वर्ष उमेर पूरा नगरेको ज्येष्ठ नागरिक, (ख) सत्तरी वर्ष उमेर पूरा गरेको वरिष्ठ ज्येष्ठ नागरिक, (ग) असहाय ज्येष्ठ नागरिक, (घ) अशक्त ज्येष्ठ नागरिक, (ङ) एकल ज्येष्ठ नागरिक ज्येष्ठ नागरिकको सम्मान, वृद्धावस्थामा हुन र अउन सक्ने बिभिन्न शारीरिक तथा मानसिक लगायतका समस्याहरू र अप्ठ्याराहरूलाई समेत सम्बोधन गर्ने गरि नेपालको संविधानको धारा ४१ ले मौलिक हकको रूपमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ । त्यसै गरी ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, निजहरूमा रहेको ज्ञान, सीप र अनुभवको सदुपयोग गरी निजहरूप्रति श्रद्धा, आदर तथा सद्भािव अभिवृद्धि गर्नको लागि ज्येष्ठ नागरिक सम्वन्धी ऐन, २०६३ तथा ज्येष्ठ नागरिक नियमावली, २०६५ लगायतका कानुनहरू कार्यान्वयनमा छन् । दिगो विकास अनुसार ज्येष्ठ नागरिकको लागि उपयुक्त सामाजिक सुरक्षा प्रणाली र उपायहरु कार्यान्वयन गर्ने र सन् २०३० सम्ममा नसर्ने रोगबाट हुने असायमीक मृत्युदरलाई रोकथाम र उपचारबाट एक तिहाईले कम गर्नुका साथै मानसिक स्वास्थ्य तथा समृद्धि प्रवद्र्धन गर्नेभन्ने उल्लेख गरिएको छ । – ज्येष्ठ नागरिक, अपांगता भएका व्याक्ति, महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थालाई स्थानिय तहमार्फत अनुदान उपलब्ध गराउने कार्यविधि, २०७६ – संस्थागत अनुदान सम्बन्धी मापदण्ड, २०७७, – ज्येष्ठ नागरिक परिचय–पत्र वितरण निर्देशिका, २०७४ – ज्येष्ठ नागरिक मिलन केन्द्रलाई अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७९ कार्यान्वयनमा ल्याएको छ । – बढ्दो उमेरलाई स्वस्थ, निरोगी र अर्थपूर्ण बनाई संविधानद्वारा प्रत्याभूत हकको कार्यान्वयन गरी स्वास्थ्य सेवा उपलब्ध गराउन नेपाल सरकार स्वास्थ्य मन्त्रालयले घरमा आधारित स्वास्थ्य सेवा मापदण्ड र कार्यविधि, २०७६ – ज्येरियाट्रिक केयर सेन्टर सञ्चालन निर्देशिका र मापदण्ड, २०७७ जेरियाट्रिक वार्डको व्यवस्था, सरकारी अस्पतालमा निश्चित वार्ड सुरिक्षत गर्नुपर्ने र निश्चित रोगको उपचारमा छुटको व्यवस्था गरेको छ । – ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन निर्देशिका, २०७८ ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा आर्थिक पहुँचका साथै विशेष उपचार प्रदान गर्न ज्येष्ठ नागरिक वीमामा सरकारले प्रिमियमको व्यवस्था । – ज्येष्ठ नागरिक स्वास्थ्य सेवा रणनीति,२०७८ – ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन मापदण्ड,२०७९ कार्यान्वयनमा ल्याएको छ । नेपाल सरकारको उपरोक्त नीति नियम, कार्यविधि, मापदण्ड, रणनीति, निर्देशिका लगायत उल्लेख गरिएका मध्यबर्गिकरणको आधारमा परिचय पत्र प्रदान र सोही अधारमा मुख्यतः हाल उपलब्ध सेवा सुबिधाहरू, निम्न अनुसार रहेको पाईन्छ । – निःशुल्क स्वास्थ्य सेवा । – सामाजिक सुरक्षा भत्ता । – कैद मिनाहा । – सेवा केन्द्र, दिवा केन्द्र । – नागरिक्ता वा परिचय पत्र उपलब्ध गराउने । – सार्वजनिक गाडीमा ५० प्रतिशतछुटको ब्यबस्था । – प्रबिधि कार्यमुलक शिक्षाको ब्यबस्था र प्रबिधि सामाग्री सहयोग । ज्येष्ठ नागरिक दिवस र नारा केवल औपचारिकतामा मात्र सिमित नभई ठोस र उपलब्धि मुलक कार्यक्रमहरु सहित मनाउन्दै जानु पर्दछ, तब मात्र दिवसको औचित्यता पुष्टि हुनुका साथै सार्थक्ता पाउनेछ । ज्येष्ठ नागरिकहरुको वास्तबिक समस्या र आबश्यक्ता पहिचान गरि तीनिहरुको हक, हित, अधिकार तथा सेवा—सुविधाका निम्ति बिद्यमान नियम, कानुनहरुमा समय अनुकुल परिमार्जन गरि सरकारका तीनै तह अर्थात संघिय, प्रदेश र स्थानिय सरकारले अक्षरस पालना गरि ब्याबहारिक रुपमाखकार्यान्वयन भएको अनुभूति दिलाउन जरुरी छ । ज्येष्ठ नागरिकलाई परिवार, समाज, राज्यका बिभिन्न निकाय लगायतका सबैले ब्याबहारिक रुपमा आ–आफ्नो दायित्व पुरा गरी अभिभावकत्वको रुपमा सम्मान गरौं । राष्ट्र्रिय ज्येष्ठ नागरिक दिवसको पवित्र तथा महत्वपुर्ण दिनमा समस्त ज्येष्ठ नागरिकहरूको सु—स्वास्थ्य, सुखमय, शान्ति, समृद्धि र उत्तोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।
