नौलाख तारा उदाए, धर्तीको आकाश हाँसेछ शरद लाग्यो डाँडामा फूलले प्रीति गाँसेछ नजली यहाँ झिलिली मनको तारा निभेछ गुराँस फुल्यो पहाडमा, मनको तारा निभेछ नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको काँडाकै माझ पहाडी फूल छैन र कहाँ हाँसेको सुनको सपना आँखामा किन हो बाँधिल्यायौ नि घरको माया बिर्सेर किन पो यहाँ आयौ नि मुटुको रगत एउटै हो, पीरको बह बेग्लै छ हामीलाई यहाँ चिन्यौ कि मनको चोट बेग्लै छ नियाली हेर हामीलाई भिजेको छैन परेला आँसुले गह भिजाए, अरूलाई निर्धा सम्झेला बुझ्छ र कल्ले रोएको मुटुमा काँडा लिएर अरूको सारमा हाँसेको आँसुको घुट्का पिएर पहाडी फूल नफक्री किन पो चुँडिल्यायौ नि मनको आगो निभाउन किन पो यहाँ आयौ नि ।
