गौंथलीले खसालेको म हूँ त्यान्द्रो परालको, परन्तु नटुवा हूँ म असीमित अकासको ! हुरीको नै इशारामा जीवनबाट नाचको प्वाँख फुकी अकासिन्छ झर्ना झर्दछ गीतको ! म सीमित छु, यो गीत हुनुपर्छ असीमित देख्दछु जड पर्यन्त जताततै उमंगित ! यसै कारण हावाको आशालाई म मान्दिन वसन्त, ग्रीष्म औ वर्षा साथै यो रात यो दिन ! देखेकोछु म जस्ताकै नाच देखी खुशी भई, स्वर्गले तल छर्केको सुु्स्वादिलो सुधा पिई, त्यसैको धारमा पौडी म जस्ता तिनका पनि पसेको छ डुवेकाको निम्ति आश्रय नै बनी ! म पनि नाच्छु पीयूष नसर्सुञ्जेल हुरी सँगै, चराले पनि माग्नेछ अनि आश्रय नै सँगै !
