IMG-LOGO

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे.

 मंगल, कार्तिक २३, २०७८  – माधव घिमिरे

गिती कविता नेपाली हामी रहौँला कहाँ (नेपालै नरहे)२ उचाइ हाम्रो चुलिन्छ कहाँ (हिमालै नरहे)२ तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको माटो र पानी पहिलो धन धर्तीका छोराको ए कहाँबाट संसार हेर्छौ (सन्झ्यालै नरहे)३    दसैँ र तिहार रमाइला हाम्रा चुड्का र ख्यालीले हिर्दय हाम्रो जुर्मुराउँछ जितको झ्यालीले बैँसको तालमा नाचौँला कहाँ (मादलै नरहे)३   ए कति राम्रो बिहानी पख घामको रेखी हो सभ्यता पहिलो संसारमा फैल्यो हिमाल देखि हो  बिम्झौँला कहाँ पूर्वको पैलो (उज्यालै नरहे)३ नेपाली हामी रहौँला कहाँ (नेपालै नरहे)२  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्