IMG-LOGO

कविता ः युगको उर्दी

 मंगल, कार्तिक ९, २०७८  –युगकवि सिद्धिचरण श्रेष्ठ

संकट पर्दछ मान्छेलाई, ढुङ्गालाई के पर्छ ! असिना आई फुलबारीकै फूलहरू पहिले झार्छ ।   जसको छाती जति विशाल त्यति नै सङ्कट उसलाई गोली लाग्दछ बापूमा नै केही हुँदैन अरूलाई ।   वडवानलले रोज्दछ सागर खोँच र खोला रोज्दैन, संकटले पनि भुसुनाहरूमा क्वै मीठो रस पाउन्न ।   तरुणीजनले बालकहरूमा के रस पाउँदछन् साथी, संकटदेखि थिचिनेहरूमा संकटको मिल्छ र छाती?   संकट भोगी मर्नेहरूकै नाममहा संकट खुल्छ प्रेमी जनको याद बुनेरै प्रेमिकाको जीवन चल्छ ।   मानिस तैँले उठनै पर्छ, दुःख संकट भोग्नै पर्छ युगको उर्दी माने पो ता मानिस यो मानिस बन्छ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्