संकट पर्दछ मान्छेलाई, ढुङ्गालाई के पर्छ ! असिना आई फुलबारीकै फूलहरू पहिले झार्छ । जसको छाती जति विशाल त्यति नै सङ्कट उसलाई गोली लाग्दछ बापूमा नै केही हुँदैन अरूलाई । वडवानलले रोज्दछ सागर खोँच र खोला रोज्दैन, संकटले पनि भुसुनाहरूमा क्वै मीठो रस पाउन्न । तरुणीजनले बालकहरूमा के रस पाउँदछन् साथी, संकटदेखि थिचिनेहरूमा संकटको मिल्छ र छाती? संकट भोगी मर्नेहरूकै नाममहा संकट खुल्छ प्रेमी जनको याद बुनेरै प्रेमिकाको जीवन चल्छ । मानिस तैँले उठनै पर्छ, दुःख संकट भोग्नै पर्छ युगको उर्दी माने पो ता मानिस यो मानिस बन्छ ।
