IMG-LOGO

कविता ः तरबार किन चाहियो ?

 मंगल, असोज १९, २०७८  मोतीराम भट्ट

  दुई आँखिभौँ त तयार छन् तरबार पो किन चाहियो तिमी आफू मालिक भैगयौ सरकार पो किन चाहियो   पहरा कडा छ कटाक्षको हरदम तयार मुहारमा घर भन्नु भारि महल न हो दरबार पो किन चाहियो   कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको मणि मोती नीर जुहार न हो अरु हार पो किन चाहियो      (कवि एवं नेपालका प्रथम गजलकार मोतीराम भट्ट (१९२३ भदौ २५ – १९५३) जीवनीकार, समलोचक तथा माध्यमिक कालका प्रवर्तक थिए ।  ३० वर्ष मात्र बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पु¥याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छन्। १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरुवातकर्ता मोतिराम भट्ट थिए ।)  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्