IMG-LOGO

बाल्मिकी रामायण कुन कुन भाषामा ?

 मंगल, असोज १२, २०७८  आर एल श्रमजीवी

     मलाई रामायण पढ्ने र त्यसमा भएका कथा तपाई माझ ल्याउने श्रेय निवर्तमान प्रधानमन्त्री खड्गप्रासाद ओलीलाई जान्छ ।  केपी ओलीको राम प्रतिको यत्रो मोहको कारणले जाँगर चलेको हो । १४ वर्ष जेल जीवन बिताएको एउटा कम्युनिष्ट नेताले राम सीता र हनुमान प्रतिको यत्रो भक्ति हो कि नत्र किन चर्चा ? रामायण मै केही छ र पो ओलीको रामप्रति मोह मात्र होइन राम जन्मभुमि नेपालको चितवन स्थित अयोध्यापुरी मै भएको हो भनेर ठोकुवा गर्नुको रहस्य खोतल्न मन लाग्यो । हुन त राम जन्मभुमिबारे हालको भारतको अयोध्यामा भनेर कुनै विवाद छैन तर ओलीको अभिव्यक्ति पछि केही तरंग आएको छ । ओलीको बोलीमा कुनै प्रमाण छैन तर पनि  नेपाल र भारत दुवै देशका सञ्चारमाध्यममा रामायणकालीन भूगोलबारे छिटफुट चर्चा–परिचर्चा  नचलेका होइनन् । नेपालको पुरातत्व विभागले ठोरीमा अन्वेषण थाल्ने घोषणा गरिसकेको छ । रामायणकालीन भूगोलसम्बन्धी चर्चा र अन्वेषणमा लाग्नु अघि रामायणको ऐतिहासिकतलाई लिएर स्पष्ट हुनु आवश्यक छ ।      अब  चर्चा रामायणको । रामायण  कर्तव्य त्याग र प्रेमको आदर्शको कथा हो ।  यो हिन्दुहरुको धार्मिक ग्रन्थ , वाल्मिकिले लेखेको संस्कृतिको दस्तावेज हो  । यो हिन्दु सस्कृतिसँग मात्र होइन सबै नसाल (जातजाति धर्मका लागि )  मुलुक आम मानिसका लागि शिक्षा हुनसक्छ । रामायण भारत नेपालमा मात्र होइन , चीन , पाकिस्तान बंगलादेश , इरान , इण्डोनेशिया , थाइल्याण्ड , अमेरिका बेलायत रुसी भाषामा प्रकाशन भएको छ ।  इन्डोनेसियामा त लोककथामा प्राथमिक विद्यालय देखि पढाई हुन्छ । यो यति चासो र उत्साहका लागि आज पनि अध्ययन हुने हुने हुँदा हामीले किन अध्ययन नगर्ने ?      वाल्मिकी रामायणलाई  भानुभक्त आचार्यले  (वि.सं १८७१–१९२५)  नेपालीकरण नगरेको भए सायद नेपाली भाषाको यत्तिको श्रीवृद्धि  हुने थिएन ।  त्यसकारण नेपाली भाषीहरुले भानुभक्तलाई  आदिकविका रूपमा चिनिन्छन्  । भानुलाई चम्काउने मुख्य मोती रामायण नै थियो । हामीले  यो भुल्न हुदैन भानुभक्तको रामायणको महिमा मोतीराम भट्टले नगरेको भए रामायण नेपालीहरुको घर घरमा पुग्दैन थियो । मोतीरामले भानुभक्तलाई रामायणले भानुभक्त आचार्यलाई चिनायो । चिनायो मात्र होइन प्रसिद्धिको शिखरमा पु¥यायो । बाल्मिकीद्वारा लेखिएको रामायणका विभिन्न थरिका छन्  उत्तरी संस्करणका थप तीन थरी छन् क) शारदा वा उत्तर–पश्चिम थरी ख) नेपाली वा उत्तर–पूर्वी थरी उत्तर–पूर्वी रामायणका थप दुई थरी छन् १) मैथिली २) बङ्गाली ग) देवनागरी थरी प्रमुख तीन रामायण अरू धेरै उप–विभाजनमा विभाजन गर्न सकिन्छ । दक्षिणी संस्करणका थप तीन थरी छन् १) तेलुगु थरी २) ग्रन्थ थरी ३) मलायालम थरी      यी प्रत्येकका पनि तीन थरी छन् । यी सबै विभाजन र उप–विभाजन बीच एउटा कुरा भने स्पष्ट हुन जरुरी छ–रामायणको सुरुको संस्करण ईस्वी संवत् १०२० देखि सबभन्दा पछिल्लो संस्करण १८०० सम्म अवधिको छ ।  भानुभक्त आचार्यले  संस्कृत भाषाको ‘अध्यात्म रामायण’लाई नेपालीमा भावानुवाद गरेका हुन्  । त्यो केवल अनुवाद र रूपान्तरणको काम थिएन । त्यसमा भानुभक्तले आफ्नो उच्च काव्य कौशल पनि देखाए । संस्कृत रामायणलाई नेपाली मौलिकतामा ढालेर लेखिएको भानुभक्तीय रामायण नेपाली गाउँघरमा त्यतिबेला असाध्यै लोकप्रिय बन्यो । हामी सबैलाई रामायणको बारेमा राम्रो ज्ञान छ, तर धेरैलाई यो थाहा छैन कि त्यो युगको अन्त्य कसरी भयो ? वाल्मिकीको ‘रामायण’लाई सबैभन्दा पवित्र अनि यथार्थ धर्मग्रन्थको रूपमा मानिन्छ, तर रामकी पत्नी सीता धर्तीमा पलायन भएपछि रामायणको कथामा के भयो भन्ने धेरैलाई थाहा नहुन सक्छ । यी यावत कथालाई म पाठक सामु ल्याउनेछु ।       यस भन्दा अघि प्रकाशनमा आएका रामायणहरुको आलोचनात्मक संस्करण प्रकाशन भएको छ । विभिन्न समयमा आएका रामायणका पाण्डुलिपिलाई एकै ठाउँमा ल्याएर बारोडामा आलोचनात्मक संस्करण तयार गरियो । रोचक कुरा के हो भने रामायणको अहिलेसम्मको सबभन्दा पुरानो पाण्डुलिपि नेपालको पाण्डुलिपि हो । त्यो सन् १०२० को मितिको हो । अनि चार थरी रामायणमध्ये दक्षिण भारतको रामायण भने सबभन्दा भरपर्दो मानिएको छ किनभने त्यसमा सबभन्दा कम विरोधाभास छ ।      कुनै पनि कृतिको आलोचनात्मक संस्करणले मात्र हामीलाई कुनै निश्चित समयमा अस्तित्वमा रहेको प्रमाणित हुनसक्ने भरपर्दो कृति दिनसक्छ । हामीले अहिले चर्चा गरिरहेको रामायण ईस्वी संवत् पाँचौँ शताब्दीतिर अस्तित्वमा आइसकेको हुनुपर्छ । तर, भरपर्दो पाठको पुनःपाठको अर्थ त्यो पाठमा लेखिएका सबै कुरा तत्कालीन समय र विगतको कुनै पनि समयमा सत्य नै हुन्छ भन्ने होइन । बाल्मिकीले कुनै वीररसले भरिएको काव्य रचना गरेका थिए । त्यो काव्यले इतिहासका हरेक कालखण्डमा रूप बदल्दै गयो र हरेक कालखण्डले त्यसमा आफ्नो केही न केही छाप छोड्दै गएको छ । जब यो साहसिक काव्यको रचना भएको थियो, त्यत्तिबेला मिथकीय पात्र र घटना कथामा राखिएको थियो । यस्तो रूपान्तरणको प्रक्रिया रोकिएन । हाम्रो आँखाअघि पनि यसले आफ्नो रूप बदलिरहेको छ । यसबारेमा गहिरो अध्ययन र खोज गरेर नियमित रुपमा रामायणका कथा ल्याउने छु ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्