IMG-LOGO

गजल ध्यान होस् नेपालको

 मंगल, असोज ५, २०७८  शम्भुप्रसाद ढुङ्गेल

हर वखत हर एक कुरामा ध्यान होस् नेपालको जुन् मुलुकमा जाउँ हामी मान होस् नेपालको   जन्मभूमिदेखि बढ्ता छैन क्यै संसारमा चित्तले तस्विर खिँची सम्मान होस् नेपालको   बोलूँ नेपाली भजूँ नेपालीकै नाउँ सदा देह हामीले धैर्यता प्राण होस् नेपालको        (देवीचरण ढुंगेलका छोरा शम्भुप्रसाद ढुगेंल (विक्रम सम्वत(१९४६–१९८६)को जन्म बि.स. १९४६, भाटभटेनी, काठमाडौँमा भएको हो ्रउनी नेपाली साहित्यको माध्यमिक काल उत्तरार्धका एक चम्किला तारा हुन् । कविता, गजल, समस्या पूर्ति, गद्याख्यान, पद्याख्यान, निबन्ध, उपन्यास आादिका साथै नाटकका क्षेत्रमा पनि महत्वपूर्ण प्रतिभाका रूपमा चिनिने झन्डै ३०० जति पुस्तक लेखेको पाइन्छ । दरबारमा तुरुन्त कविता सुनाउन सकेका हुँदा चन्द्र शमशेरले खुशी भई  यिनलाई वि.सं १९७० मा आँशु कविको उपाधि दिइएको पाइन्छ ।)

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्