IMG-LOGO

कविताः काल-महिमा

 मंगल, भदौ १५, २०७८  कविताः काल-महिमा

१ भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ति गरुन् झुकेर पदमा, त्यो बिन्ति मान्दैन त्यो । थुप्रोमा उधिनी मिठनो र नमिठो छुट्याइ छान्दैन त्यो खाता जाँचि सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ।। २ राजा रड्ढ सबै समान उसका, वैषम्य गर्दैन त्यो आयो, टप्प टिप्यो, मिति पुग्यो, टारेर टार्दैन त्यो । लाखौं औषधि, अस्त्र-शस्त्र-महिमा देखेर डर्दैन त्यो व्याधा-तुल्य लुकेर चल्दछ सदा, मारेर मर्दैन त्यो ।। ३ आँसूका दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो सुक्खा जर्जर अस्थिपञ्जर-विना शय्या बनाउन्न त्यो । मैलो भस्म-सिवाय अड्डभरमा केही लगाउन्न त्यो हाकाकार सरी मिठो अरु कुनै सड्डीत गाउन्न त्यो ।। ४ जो जो मिल्छ सुलुक्क निल्छ, मुखमा हाली चपाउन्न त्यो थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो । जत्ती निल्छ उती उकेल्दछ पनि, केही पचाउन्न त्यो यै चालासित कल्प-कल्प कहिल्यै खाई अघाउन्न त्यो ।।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्