IMG-LOGO

श्रीकृष्णको अस्तित्व के कल्पना मात्र हो

 मंगल, सावन १९, २०७८  - आर एल श्रमजीवी

    ऋग्वेदमा उल्लेख गरे अनुसार नै श्रीकृष्णको रङ्ग कालो थियो, गोपालक थिए र अंशुमती (यमुना) नदी को किनारमा निवास गर्थे र गोबर्धन गुफा आश्रयस्थल थियो । यसै गरेर ऋगवेदकै एक छन्दमा  श्रीकृष्णलाई गोउद्धारक र गोस्वामी उल्लेख गरिएको छ ।   ऐतिहासिक अध्ययनको आधारमा श्रीकृष्णको जन्म ई.पू. १५०० मानिन्छ । श्रीकृष्ण लगभग १०० वर्षको आयु भन्दा केही अधिक वर्ष जीवित रहे । मोहनजोदारो उत्खनन गर्दा एक भितेचित्रमा दुई बृक्षको बिचमा एक बालक उभिएको चित्र भेटिएको थियो । यस चित्रलाई कृष्णव्दारा यमलार्जुनको उद्धारको कथासँग जोडेर हेर्ने हो भने  कृष्णको जन्म ३१०२ देखि ४५०० ई.पू.लाई मान्न सकिन्छ । पुरातात्विक आधारमा श्रीकृष्णले प्रयोग गर्ने हतियार चक्रलाई लिन सकिन्छ । चक्रलाई अत्यन्त धारयुक्त पारम्परिक हतियारका मानिन्छ र बुद्ध युगभन्दा अगाडि नै यसको प्रयोग बन्द भएको थियो ।       श्रीकृष्णले निर्माण गर्नुभएको द्वारकापुरी सौराष्ट्रको पश्चिम समुद्र किनारमा आज पनि डुबेको अवस्थामा छ । यहाँ गरिएको शोध तथा उत्खननबाट प्राप्त सामानहरू पनि ३ हजार वर्ष पूर्वको मानिएको छ । बेलायतमा कार्यरत शोधकर्ताहले खगोलिय घटनाहरू, पुरातात्विक तथ्यहरू र महाभारतमा वणर्ित १५० खगोलीय घटनाहरूको आधारमा महाभारत युद्ध २२ नोभेम्बर ३०६७ ई.पू. मा भएको धारणा व्यक्त गरेका छन् । यस आधारमा त्यसबेला भगवान् श्रीकृष्णको उमेर ५५-५६ वर्ष निक्र्यौल गरिएको छ । समुन्द्रमा डुबेको द्वारकापुरीबाट निकालिएको सिक्कामा कृष्ण बलरामको आकृति भेटिनु र ग्रीक राजा हेलिडोरसले कृष्णलाई दिएको सम्मानको पुरातात्विक सबुतको आधारमा समेत कृष्णको अस्तित्व कल्पना नभएर सत्य भएको प्रमाणित गर्दछ ।  श्रीकृष्णको शिक्षा       श्रीकृष्णले उज्जैन (आवन्तिपुर)मा महर्षि सान्दीपनिको आश्रममा गएर उनलाई गुरु मानेर ६४ दिन आश्रममा बसे र उनै महर्षि सान्दीपनीबाट वेद, योग र ६४ कलाको शिक्षा लिएर यसमा पारंगत भएका थिए । योगेश्वर श्रीकृष्ण बाहेक ६४ कलामा पारंगत आजसम्म कोही भएका छैनन् । ६४ कलामा पर्ने कलाहरु मध्ये प्रमुख कलाहरु यस्ता छन् नृत्य, वाद्य, गायन, नाट्य, इंद्रजाल, नाटक आख्यायिका रचना, चित्रकारी, पुष्पाश्रृंगार, सुगन्ध निर्माण, बेताल वशिकरण, बाल मनोरञ्जन, म्लेक्षकाव्य ज्ञान (विदेशी भाष ज्ञान), मन्त्रबिद्या, छद्यमभेष धारण, ओषधोज्ञान आदि । अर्थात् यस पृथ्वीमा जति पनि कार्यहरू हुन्छन्, ती सबमा दक्ष थिए योगेश्वर श्रीकृष्ण । कृष्ण कृषि विद्यामा पनि निपूणर् थिए । उनले आफ्नो कौशलले यमुनामा बाँध बाधेर यमुनालाई बृन्दावन नजिकैबाट बगाएका थिए । महर्षि आंगिरसबाट योगेश्वर श्रकिृष्णले कमरुप यज्ञ उपासनाको शिक्षा लिएका थिए । उक्त शिक्षा पश्चात् योगेश्वर श्रीकृष्ण तृप्त अर्थात् पूणर् पुरुष भएका थिए । योगेश्वर कृष्ण अष्टसिद्धियुक्त थिए । योगव्दार प्राप्त हुने यी आठ सिद्धिहरु क्रमशः अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य इशित्व र वशित्व हुन् । भागवत, महाभारत तथा पुराणहरुमा वणर्ित योगेश्वर श्रीकृष्णको लीलाहरुमा यिनै सिद्धिहरुका कारणले कार्यसम्भव भएको दर्शाईएको छ । योग साधनाद्वारा यी अष्टसिद्धि प्राप्ति पश्चात् सम्भव कार्यहरूको निम्न छन् ः अणिमा ः सूक्ष्म रूप धारण गर्न सक्ने क्षमता महिमा ः विशाल रूप धारण गर्नसक्ने क्षमता (विराट रूपको श्रोत) लघिमा ः वामरूप धारण गर्नसक्ने र उड्नसक्ने क्षमता  गरिमा  ः वजनदार रूपधारण गर्न सक्ने क्षमता प्राप्ति ः अभिलाषित वस्तु प्राप्त गर्नसक्ने क्षमता प्राकाम्य ः सोचेको कुरा पुरा गर्नसक्ने क्षमता ईशित्व ः यस सिद्धिबाट दैवीय शक्ति प्राप्त हुन्छ, मरेकोलाई व्युँताउने क्षमता आउँछ (परिक्षितलाई जीवनदान यसै सिद्धको प्रयोगले दिएका थिए ) वशित्व ः चराचर जगतका सम्पूणर् कुराहरू र जीव समेतलाई वंशमा गर्नसक्ने क्षमता श्रीकृष्ण सोह्र कलाका ज्ञाता       वेद तथा उपनिषदका अनुसार १६ कलायुक्त व्यक्ति ईश्वरतुल्य हुन्छ । भगवान् रामको बारेमा भन्दा उनी बाह्रकलाका ज्ञाता मात्र थिए तर भगवान् श्रीकृष्ण सोह्र कलाकै ज्ञाता थिए । औँशिदेखि पुणर्ेसम्म चन्द्रमाको १६ वटा स्वरूप या अवस्था अमृत, मनदा, पुष्पा, पुष्टि, तुष्टि, ध्रुति, शाशनी, चन्द्रिका, कान्ति, ज्योत्सना, श्री, प्रीती, अंगदा, पूणर्  पूणर्ामृत (पुणर्िमा) मा प्रकट हुन्छ या  देखिन्छ । यसैलाई चन्द्रमाको सोह्रकला भनिन्छ । यसै गरेर मानिसको मनमा विद्यमान प्रकाशलाई चन्द्रमा समान मानिएको छ, जसको अवस्था घटने बढने भइरहन्छ । मानिसको प्रत्यक्ष गोचर हुने अवस्थाहरु जाग्रत, स्वप्न या सुषुप्ति गरी तीन प्रकारका छन् । यिनै तीन अवस्था मात्र मानिसलाई बोध हुन्छ ।       यस बाहेकका अवस्थाहरुको मानिसलाई बोध हुनको लागि ध्यान या योगको आश्रय लिनु जरुरी भए पनि प्रतेक मानिसमा यी १६ कलाहरु सुप्त आवस्थामा रहन्छन् । बोध प्राप्त योगीको भिन्नभिन्न १६ अवस्थालाई नै यहाँ सोह्रकला भनिएको हो । औँशिलाई अज्ञानको प्रतीक मानेर पूणर्िमालाई पूणर्ज्ञानको आधारमा हेर्ने हो भने यहाँ प्रकाशको १५ अवस्था र औँशीको एक अवस्था गरेर १६ अवस्थाको बोध हुन्छ । जो व्यक्ति मन र मस्तिष्कबाट अलग भएर बोध गर्ने शक्ति राख्दछ उसैले सोह्र कलामा ज्ञान हासिल गर्न सक्दछ ।  भगवान् कृष्ण यी सौह्रै कलाका ज्ञाता थिए । विभिन्न शास्त्रले यी सोह्र कलालाई विभिन्न नाम दिएका छन् यिनमा प्रमुख केही नामहरू इस प्रकार रहेका छन् ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्