IMG-LOGO

सत्या, भद्रा, लक्ष्मणा, कालिन्दी र मित्रबिन्दाको बिहे कथा

 मंगल, असार २२, २०७८  आर एल श्रमजीवी 

    श्रीकृष्णले १६ हजार रुपमा प्रकट भएर एक साथ सबैसँग विवाह गरेका थिए भनिन्छ ति सबै १६ हजार गोपिनी थिए भनिन्छ । हिन्दु धर्ममा श्रीकृष्णलाई लिला गर्ने त्यसमा पनि श्रीकृष्णको रासलीलाका बारेमा अनेक कथन छन् । जब गोकुलमा कृष्णले सबै गोपिनीका माझ एक साथ अनेक रूप धारण गरी महारास रचेकाले  त्यही नै रासलीला हो भनेर कृष्णका भक्तहरु बताउँछन् । पुराणका अनुसार श्रीकृष्णका १६ रानी थिए । तर महाभारतका अनुसार रुक्मणी बाहेक श्रीकृष्णका १ हजार १ सय ८ पत्नी थिए । श्रीकृष्णले रुक्मिणीको हरण गरी उनैसँग विवाह गरेका कुरा यस अघिको अंकमा  मैले लेखिसकेको छु  । विदर्भ राज्यका राजा भीष्मककी पुत्री रुक्मणी कृष्णसँग प्रेम गर्द थिइन् ।     उज्जयिनीकी राजकुमारीलाई स्वयंवरमार्फत पत्नीका रुपमा अपनाए । त्यसपछि कौशलका राजा नग्नदितका सात गोरुलाई एकसाथ नाथ (नाकमा डोरी) लगाएर उनकी कन्या सत्यासँग विवाह गरे । त्यसपछि कृष्णको कैकेयेकी राजकुमारी भद्रासँग विवाह भयो । भद्रदेशकी राजकुमारी लक्ष्मणा पनि कृष्णलाई पति बनाउन चाहन्थिन् । तर उनको परिवार कृष्णसँग विवाह गराउन चाहँदैन थियो । त्यसपछि कृष्णले लक्ष्मणालाई हरण गरेर ल्याए । एक दिन अर्जुनलाई साथमा लिएर  श्रीकृष्ण वनको यात्राका लागि निस्किए । जो वनमा उनी यात्राका लागि निस्किएका थिए त्यही वनमा सूर्य पुत्री कालिन्दी श्रीकृष्णलाई पतिको रुपमा प्राप्त गर्ने कामनासहित तपस्या गरिरहेकी थिइन् । कालिन्दाको मनोकामना पूरा गर्नका लागि कृष्णले उनीसँग विवाह गरे । अधिकाशं पौराणिक कथा अनुसार श्रीकृष्णका ८ पत्नी मात्र थिए । जसका नामहरु रुक्मणि, सत्यभामा, कालिन्दी,  सत्या, भद्रा,जाम्बवन्ती, मित्रबिन्दा र लक्ष्मणा थियो । श्रीमद्भावगवत पुराण, विष्णु पुराणमा उल्लेख गरिएअनुसार एक दिन देवराज इन्द्रले भागवान कृष्णलाई बताए कि प्रागज्योतिषपुरका दैत्यराज भौमासुरको अत्याचारबाट देवतागण त्राहि-त्राहि गरिरहेका छन् । इन्द्रको प्रार्थना स्वीकार गरेर श्रीकृष्ण अफ्नी प्रिय पत्नी सत्यभामालाई साथमा लिएर गरुडमा सवार हुँदै प्रागज्योतिषपुर पुगे । त्यहाँ पुगेर भगवान कृष्णले आफ्नी पत्नी सत्यभामाको मद्दतबाट सबैभन्दा पहिले मुर दैत्यसहित मुरका ६ पुत्र, ताम्र, अन्तरिक्ष, श्रवण, विभावसु, नभश्वान र अरुणको वध गरे । श्रीकृष्णले आफ्नै फुपुकी छोरी मित्रविन्दसंग बिहे गरेका थिए ।  महाभारत कथाका अनुसार मित्रविन्द कृष्णकी फुपू राज्यधिदेवीकी छोरी थिई । राज्यधिदेवीकी बहिनी कुन्ती थिइन् ।        मित्रविन्द धेरै सुन्दर थिईन् र उनी अवन्तिका राजा जयसेनाकी छोरी थिइन । मित्रविन्द अवन्तिका (उज्जैन) को राजा जयसेना र विन्द र अनुविन्दकी वास्तविक बहिनी थिइन । मित्रविन्दका भाइहरू भिन्द र अनुविन्दले दुर्योधनसँग बिहे गराउन लागेका थिए तर मित्रविन्द भने श्रीकृष्णलाई चाहन्थिईन । मित्रविन्दका भाइहरू भिन्द र अनुविन्दले दुर्योधनसँग बिहे गराउन स्वयंवर आयोजित गरे र बहिनीलाई भने कि दुर्योधनको घाँटीमा मात्र माला लगाउनु । जबरजस्ती  दुर्योधनको घाँटीमा माला लगाईंदैछ भन्ने कुरा जब श्रीकृष्णलाई थाहा भयो  कृष्णले स्वंयम्वर सभामा मित्रवन्दलाई अपहरण गरे र भिन्द र अनुविन्दलाई हराए र मित्रविन्दलाई द्वारका लगे । त्यहाँ उनले मित्रविन्दसँग विधिवत विवाह गरे । जब भिन्द र अनुविन्दले स्वयम्वर आयोजित गरे, तब बलरामलाई पनि यो खबर आयो । स्वयंवरमा आफन्त भए पनि भगवान श्रीकृष्ण र बलरामलाई आमन्त्रित गरिएको थिएन । बलराम यस कुरामा रिसाए । बलरामले कृष्णलाई भने कि स्वयंवर एक ढोंग हो । श्रीकृष्णले आफ्नी बहिनी सुभद्रालाई मित्रविन्दलाई भेट्न पठाए कि मित्रविन्द चाहन्छिन कि चाहँदिनन् भनेर । मित्रविन्दले सुभद्रालाई उनको मनमा सोचेकोकुरा बताईन । मित्रविन्दको प्रेमको पुष्टि भएपछि कृष्ण र बलरामले स्वयंवर सभामा आक्रमण गरे र मित्रविन्दलाई लगे । यस समयमा उनले दुर्योधन, भिन्द र अनुविन्दसँग युद्ध गर्नु परेको थियो । सबैलाई हराएपछि उनीहरू मित्र्राविन्दलाई द्वारका लगे र त्यहीं उनीहरूले विवाह भएको थियो । कतै  भनिएको छ कि एक दिन कृष्ण अर्जुनको साथ वनविहारको समयमा उज्जयिनी गए र राजकुमारी मित्रविन्दलाई त्यहाँबाट स्वयंवरका रूपमा ल्याए । तर यसको कुनै पुष्टि छैन। पुराणका अनुसार  मित्रविन्द स्वयंवर सभाबाट जबरजस्ती मित्र्राविन्दलाई आफुको चाहना अनुसार ल्याएका थिए । मित्रविन्द र कृष्णको १० छोरा र १ छोरी थिए ।ती दश छोराका नामहरू हुन् । वृका, हर्ष, अनिल, ग्रिधा, वर्धन, आनंद, महाशा, पवना, वही र शुधी  । छोरीको नाम शुची थियो । महाभारत कथाका अनुसार श्रीकृष्णको मृत्यु पछि मित्रविन्द सती गईन ।     मुर दैत्यको वध गरिएको समाचार सुनेर भौमासुर आफ्ना सेनापति र दैत्यसका सबै सेनालाई साथमा लिएर युद्धका लागि निक्लिए । भौमासुरलाई स्त्रीको हातबाट मर्ने श्राप थियो । श्रीकृष्ण आफ्नी पत्नी सत्यभामालाई सारथी बनाए र घोर युद्धपछि अन्तमा कृष्णले सत्यभामाको मद्दतबाट भौमासुर वध गरे । भौमासुरलाई मारेर श्रीकृष्णले उनकै पुत्र भगदत्तलाई अभयदान दिएर प्रागज्योतिषको राजा बनाए । भौमासुरले हरण गरेर ल्याएका १६ हजार कन्यालाई श्रीकृष्णले मुक्त गरिदिए । यी सबै अपहरण गरिएका तथा भौमासुरको डरका कारण उनलाई उपहारका रुपमा चढाइएका कन्याहरु थिए । सामाजिक मान्यताका अनुसार भौमासुरुले बन्धक बनाएर राखेका ति नारीलाई अपनाउन कुनै पनि व्यक्ति तयार भएनन् । त्यसपछि अन्तमा श्रीकृष्णले सबैलाई आश्रय दिए । र ति सबै कन्याहरुले श्रीकृष्णलाई पतिको रुपमा स्वीकार गरे ।  तिनै १६ हजारलाई नै  गोपिनी भनिन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्