IMG-LOGO

पुच्छरले कुकुर हल्लायो

 मंगल, सावन २६, २०८३  सुरेन्द्र महर्जन अमर

यहाँ टाउकोले सोच्न छाड्यो, विचारहरू सबै बन्धकी राखेर, विवेक हराएको यो सहरमा, अचम्मको एउटा दृश्य देखियो– आज पुच्छरले कुकुर हल्लायो ! जसको हातमा साँचो हुनुपर्ने हो, उनीहरू नै कसैको इसारामा नाच्दै छन्, मालिकहरू नोकरका अगाडि झुक्दै छन्, विधि र विधानलाई मिचेर यहाँ, स्वार्थको नयाँ खेल रचियो– आज पुच्छरले कुकुर हल्लायो ! मूल नीति हराएर गल्लीहरू गर्जिरहेछन्, केन्द्र पग्लिएर किनाराहरू तर्जिरहेछन्, इमान बेचेर कुर्सी जोगाउने लडाइँमा, अस्तित्वकै धज्जी यहाँ उडियो, सत्य कुनामा रोइरहँदा आज, झुटको ठूलो उत्सव मनाइयो– आज पुच्छरले कुकुर हल्लायो ! नियम बदलिए, थितिहरू भत्किए, मूल प्रवाह छोडी हाँगाहरू सल्किए, जहाँ नियमले शक्तिलाई बाँध्नुपर्ने थियो, त्यहाँ शक्तिले नै नियमलाई निमोठ्यो, उल्टो बगेको समयको यो भेलमा, सोझो हिँड्ने मान्छे नै मूर्ख ठहरियो– आज पुच्छरले कुकुर हल्लायो ! (समसामयिक नेपाली राजनीति र सामाजिक विकृतिमाथि  रचिएको व्यङ्ग्य कविता)

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्