IMG-LOGO

छोरीलाई मानचित्र पढाउँदा

 मंगल, असार ३०, २०८३  विजय मल्ल

रातो रगतले कोरिएको साँध छ  खेतमा डिल लाएझैँ  हेर, हरेक राष्ट्रका फाँटमा ! यो हो भारत, यो हो पाकिस्तान  हिन्दू–मुसलमानको रगतले मुछिएको  यही हो रेखा महान्  यो जर्मनी, यो इङ्गल्यान्ड  यो रुस, यो जापान । अणुबमले खाएको,  हेर नागासाकी, हिरोसिमा !  हिटलरको भूतले सताएको  यही हो युरोप कङ्काल,  यही हो अमेरिका,  डलरको देश–  ’अणुबम’ को निर्माता  शान्तिको सन्देश । जता हेर  रातो रगतले लाएको छ घेरा  परेवालाई गन्जकमा बन्द गरेझैँ  मानिस छन् बन्दी यस खोरमा । मेरी छोरी,  (कुनै दिन त्यस्तो आउला)  जब सबले मिलेर,  हातमा हात गाँसेर,  अङ्कमालमा बाँधिएर–  हब्सी, आर्य, मङ्गोल  पलिनिसियन, द्रविड, काले  सबले पुछ्नेछन्  आँखाको प्याला घोप्ट्याएर  आसुँले त्यो रक्तरेखा । अनि,  धेरै कालपछि–  मेरी छोरी,  कुनै दिन त्यस्तो आउला  त्यो रातो रेखा खोजे पनि  तिमी पाउनेछैनौ त्यहाँ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्