देख्छौँ चन्द्र र सूर्य अङ्कित जहाँ, बल्छन् उज्यालो छरी झण्डा छैन कतै यसै किसिमको, लौ खोज पृथ्वीभरी झण्डा तीनकुने छ सुन्दर यही, झण्डा उचालौँ बरू आऊ चारकुने तिनै छिरबिरे, झण्डा उचाल्नेहरू पीडासामु बनोस् मनोहर झनै, आत्मीयता यो सधैँ अग्लो माथ हिमाल झैँ मुलुकको, अग्लो बनाऔं अझैँ आऊ चन्द्र र सूर्य झैँ चहकिलो, झण्डा उचालौँ बरू बोकी स्वार्थ दिमागभित्र दलका, झण्डा उचाल्नेहरू चाहन्छन् हित राष्ट्रको हरघडी, यो राष्ट्रकै चिन्तन् मैमत्ता अनि छैन मोह मनमा, बेदाग साह्रै मन प्यारो राष्ट्र हँसाउँछन् भुवनमा, रोएर आफैं बरू आफ्नो राष्ट्रिय प्राण झैँ प्रिय सधैं, झण्डा उचाल्नेहरू ठान्छन् राष्ट्र पवित्र ईश्वरसँगै, बाबा र आमा दुबै आफ्नो राष्ट्र समान छैन जगमा, जो राष्ट्र अर्को कुनै चिन्ता केवल राष्ट्रको हरघडी, केको छ चिन्ता अरू राख्छन् राष्ट्र सधैं पुजेर शिरमा, झण्डा उचाल्नेहरू बैरी सामु बनेर निर्भय भनी, झुक्दैन मेरो शिर जो दिन्छन् उपहार जीवन अहो, यो राष्ट्रको खातिर यो आफ्नो प्रिय राष्ट्रको हित सँगै, मै नित्य पूजा गरूँ बन्छन् पूज्य सुपुत्र यो मुलुकको, झण्डा उचाल्नेहरू छन्द शार्दूलविक्रीडित कालिकोट
