जन्म र मृत्युको सानो धर्सोको फरकले मान्छे मान्छे हुन सकेको छैन यो धर्तीमा एक्लै आएको हुन्छ एक्लै जाने गर्दछ न केही ल्याएको हुन्छ न केही लिएर जान सक्छ तैपनि मान्छे विवेकहीन भै दिन्छ । सबैलाई एउटै दृष्टिबाट हेर्दैन उसले अरुलाई आफ्नो ठान्दैन उसले अरुलाई यो ब्रम्हाण्डको जीव नै भन्दैन उसले आफूमात्र मान्छे भन्छ तर, मान्छेको गुण हुँदै हुँदैन उस्मा तैपनि मानिस हुँ भन्छ उसले । म नै सर्वनायक हुँ भन्ने ठान्छ उसले अरुको हित गर्नै चाहँदैन उसले कस्तो अनौठो रहेछ यो मान्छेको मात न जन्म बुझेको हुन्छ न मृत्यु बुझेको हुन्छ त्यसैले भन्न मन लाग्छ धत् ! मान्छेको मात ।
