IMG-LOGO

भुइँमान्छेको चेतावनी

 मंगल, जेठ १९, २०८३  प्रभात भट्टराई

तिमी त्यसलाई कलियुग भन या दलाल पुँजीवादको उच्चतम रूप प्रतिशोध र पूर्वाग्रहको विषालु धुवाँमा सत्ता र शक्तिको चरम नसामा डुबेर इन्टरनेट, मेटा, इन्स्टाग्राम एल्गोरिदमको बैशाकी टेकेर हद पार गछौं र अन्ततः हिटलरझैँ फासिस्ट तानाशाह बन्छौ । चाहे आफूलाई विश्व–साम्राज्यवादकै बादशाह सम्झ रक्तपिपासुको नसालु होलीमा रम्दै मानव, जनता, कार्यकर्ता सर्वहारा भुइँमान्छेलाई ’किरा’को संज्ञा दिँदै रक्तताण्डव नाच नाच्छौ तिमी साम्राज्यवाद हौ, कठपुतली या कम्युनिष्ट खोल ओढेका सत्ताधारी दिनमा बीस घण्टा काम गर्दा पनि खान नपुग्ने हामी तिम्रो नजरमा फोहोरी किसान, निच मजदुर, तुच्छ सुकुम्बासी । अस्तित्व बिहिन भेडा जनता कार्यकर्ता हाम्रो पसिनामाथि उभिएर हामीलाई नै आरोप लगाउँछौ, हाम्रो रगतले सहर रङ्गाएर हामीलाई नै दोषी बनाउँछौ भुइँमान्छेको आँखा तिमीलाई चिन्छ । सुन भुइँमान्छेको यो भद्र चेतावनी हो तिम्रो प्रतिशोध, तिम्रो पूर्वाग्रह, तिम्रो सजाय केवल त्यति मात्र हुनेछ यदि त्यो फासिष्ट तानाशाह मरेर गाडिएको रहेछ भने पनि त्यो चिहान फेरि खनिनेछ माटोभित्रको अहङ्कार निकालिनेछ र इतिहासकै कठघरामा पुनः फाँसी दिइनेछ यदि दाहसंस्कार गरिएको रहेछ भने अस्तुलाई होस् या खरानीलाई त्यसलाई पनि पुनः फाँसी दिइनेछ । किनकि मानवताको हत्या गर्नेहरूलाई मृत्यु पनि अन्तिम फैसला हुँदैन सत्ताको उन्मादमा डुबेका पूर्वाग्रह र प्रतिशोधका व्यापारीहरूलाई इतिहासले क्षमा गर्दैन र यदि अझै जिउँदै छौ भने झन् के होला, हेक्का रहोस् किनकि भुइँमान्छे जब उठ्छ उसको मौनता नै आँधी बन्छ उसको पसिना नै ज्वालामुखी बन्छ र, उसको चेतावनी सिंहासन ढाल्ने अन्तिम घोषणापत्र बन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्