IMG-LOGO

सलाम ! सान्द्रीया

 मंगल, जेठ १२, २०८३  फडिन्द्र शर्मा

तिम्रा पनि रहर थिए होलान् फुरुफुरु गर्ने  छम छमी नाच्ने  लता मंगेशकरले जस्तै  सुरिलो स्वरमा गीत गाउने  रेखाले जस्तै फिल्ममा खेल्ने  किन रोज्यौ नर्स बन्ने बाटो सान्द्रीया ? आफ्ना रहर, इच्छा, आकाङ्क्षाहरू मनको एउटा कुनामा थाती राखेर, आफ्ना सपना कतै लुकाएर, मनका आलो घाउ आलै छोडेर अरूकै पीडामा मल्हम लगाउन दिनरात नभनी खटिरहने, आफ्नै परिचय कुनातिर पन्छाएर सेवा, समर्पण र त्यागको भाव लिएर, झरी, हुरी, बादल, जाडो–गर्मीको मतलब नगरी दिनरात निस्वार्थ सेवा दिने, त्यो बाटो किन रोजेऊ सान्द्रीया ? मेरो प्रश्नमा सन्द्रिया फुस्स मुस्कुराई मात्रै  थाली सेवाभावमा समर्पण हुन् तिम्रो पनि मन छ नी है सान्द्रीया ? त्यो मन जति रोए पनि, भित्रभित्रै कोलाहल मच्चिए पनि, रहर र बाध्यता बीच अन्तरद्वन्द्वमा  बरबर आँसु झरे पनि, आफ्ना आँसु लुकाएर बिरामीको मुस्कान हेरिरहेकी छौं एकटक  आफ्नो थकान बिर्सेर, भोक–प्यास लाग्दो हो थकाईका कुरा नगरी बिरामीमा आशा जगाउँनु कति गाह्रो छ सान्द्रीया ? रातको निद्रा त्यागेर बिरामीको जस्तै हर्कतमा पनि  कर्तव्यको दीप बालिरहनु धेरै गाह्रो होला है सान्द्रिया ? हरेक दिनमा  होस वा रातमा बिरामीका अनुहारमा आफ्नो दर्पण देख्ने  तिम्रो समर्पणलाई धेरै धेरै सलाम सान्द्रिया !

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्