आमा धर्ती भन्नेले बाबा आकाश किन सोच्दैन्न ? आमा जन्मदाता भन्नेले बाबा कर्मदाता किन मान्दैनन् ? बच्चा भ्रुण बनेदेखीको पिडा आमाले भोगिन्, बाबाले पनि उसको ख्याल र हिफाजत उत्तिकै गरे, कोखमा फक्रदै गरेको सन्तानलाई पेटमा हातले सुम्सुम्याइ सोप्निल कल्पनामा हराइरहेकी आमालाई देख्दा, बाले पनि त खुसीको महसुसले मख्ख परे । प्रसव पिडामा आमा छट्पटीमा हुँदा, बा पनि त मनको वेदनाले छ्ट्पटाए । तर पनि किन लेखिदैन त्यो कहानी ?? जो बाबु आफ्नोे नवसन्तानको प्रार्दुर्भाको निम्ति मुटुमा ढुङ्गा राखेर पिडा लुकाउछ्न, आँखामा टल्पलाएको आँसुलाई दाँत किटेर छुपाउँछन् , मनमा लाखौं खुसीको मुस्लोलाई समाजको अघि पुरुषत्वको लागि भित्रै रुकाउछ्न्, सन्तानको खुशीको निम्ति अनेकौं मुल्य चुकाउछन् । जानानाजन हारिदिएर स्वाभिमान शिर झुकाउछन् । तर पनि किन लेखिदैन बाबुको माया र कर्तव्यको इतिहास ? किन लेखिदैन कुनै गित,कविता, गजल,उपन्यास ?? बुबाको २३र आमाको २३वटाक्रोमोजोमको संयोगबाटआज एक संन्तानको जन्म भो, आमाको सन्तान ग्रहण क्षमता र बाबुको प्रदान शक्तिले त आज निपुण सन्तान पैदा भो, आमा काखको ममता दिइन्, बाबाले पनि त उत्तिकै दिए, आमाले काखको सितल न्यानो छहारी दिइन्, बाले पनि त छ्हारिलाइ जोगाए,प्राण भन्दा प्यारो परिवार र जन्मभुमि छोडेर समुन्द्र पार गरे, सुख्खा रोटी पानीसँग निलेर ५५ डिग्रीको धुपमा आफुलाइ पोलेर सुख र सुनौलो भविष्य कोरिदिए । र पनि किन पिता देवो ः भवः भएनन् ? म आमा हुँ ! ए मेरा सन्तान जति तिम्रो जिन्दगीमा मेरो देन छ उत्तिकै देन तिम्रा पिताको पनि छ । त्यसैले मेरो छोराछोरी ! मलाई र मेरो चर्चा र इतिहास लेखेका छौं, त्यती नै तिम्रा बाबाको पनि लेख, महसुस गराउ तिम्रो आँटिलो छातीमा, भर कर्तव्य र प्रेमको रङ्ग, पुछिदेउ आफ्नो सन्तानले गरेको पक्षपाती पूर्ण ब्यवहारले आँखा भित्रको दह, फुकाइदेउ ती पिताको कुँडिएको मनको गाँठो, र बनाउ दायाँ आँखा आमा भन्नेले बायाँ आँखा बा पनि...... – बुढाथुम, धादिङ
