इजिप्टवासीहरुको कला रहस्यमा हुन्छ । काल्डियनहरूको कला गणनामा हुन्छ । युनानीहरुको कला अनुपातमा हुन्छ । रोमनहरुको कला न्यायमा हुन्छ । चिनियाँहरुको कला शिष्टाचारमा हुन्छ । भारतीयहरुको कला धर्म र पापको तुलना गर्नुमा हुन्छ । यहुदीहरुको कला सर्वनाशको कल्पनामा हुन्छ । अरबहरुको कला संस्मरण र अतिशयोक्तिमा हुन्छ । इरानीहरुको कला नाटीकुटी गर्नुमा हुन्छ । फ्रेन्चहरुको कला चतुराइमा हुन्छ । अंग्रेजहरुको कला आत्म–स्वाभिमानमा हुन्छ । स्पेनिसहरुको कला कट्टरतामा हुन्छ । इटालियनहरुको कला सुन्दरतामा हुन्छ र जर्मनहरूको कला महत्वाकांक्षामा हुन्छ । रुसीहरुको कला उदासीमा हुन्छ । (रुसी साहित्यकार खलिल जिब्रान् विश्व प्रशिद्ध साहित्यकार हुन् । उनको यो कविता अनुवाद ः केदार सिटौलाले गरेका हुन् ।)
