मन्दिरमा जान्छ परेवा हिन्दु हँुदैन चर्चमा जान्छ परेवा क्रिश्चियन हुँदैन मस्जिदमा जान्छ परेवा मुश्लिम हुँदैन गुम्बामा जान्छ परेवा बौद्ध हँुदैन किनकि परेवा परेवै हो मान्छे होइन माथि उड्ने परेवाले तल उड्ने परेवालाई प्रकाश छेक्दैन अनि तल उड्ने परेवाले माथि उड्ने परेवाको खुट्टा पनि तान्दैन किनकि परेवा परेवै हो मान्छे होइन ! परेवा परेवै हो त्यसैले उसमा न त घमण्ड छ न त विभाजनको सोच तर मान्छे सोच्ने शक्ति पायो र त्यसैसँगै भिन्नता पनि बोकेर हिँड्यो धर्म बनायो संस्कृति जोगायो तर कहिलेकाहीँ त्यही धर्मको नाममा मन नै सानो बनायो परेवा आकाश बाँड्दैन किनकि उसलाई स्वार्थ थाहा छैन तर मान्छे आकाश मात्र होइन धरती पनि बाँड्न खोज्छ तर यही मान्छे भित्र एउटा असल मन पनि छ जो परेवा जस्तै शान्ति चाहन्छ माया फैलाउन खोज्छ त्यसैले दोष मान्छे हुनुमा होइन मान्छेभित्रको सोचमा हो जब सोच बदलिन्छ मान्छे पनि परेवा जस्तै बन्न सक्छ ।
