पोहोर जस्तै यसपाला पनि आँधी आउने निश्चित छ । आकाश धुम्म छ, कालो मैलो भएर बादल मडारिरहेको छ.। बाहिर हुरी चल्दैछ । रुख हल्लिएका छन्, घाम लुकेको छ । दिउँसै अन्धमुस्टी छाएको छ । खै यो के को संकेत हो ? अस्ति भर्खरै त हो आँधी आएको घर कच्ची छ झ्याल ढोकाहरु मक्किएर बलिया छैनन् । आकाशमा गाड्याङ्गगुडुङ्ग छ । चट्याङ पर्ला झैं गरी बिजुली चम्कदैछ ! अस्ति पश्चिम तिरबाट आएको तुफानले घरको छानो झण्डै उडाएन अब फेरि आँधी आउनेै लाग्यो... धेरै पीर छ मलाई । आँधी, हुरीले के के बबण्डर मच्चाउने हो ? ’अमेरिकी फौजी किरा’ले सबैतिर बालीनाली नष्ट गरिरहेकै बेला दक्षिणतिरबाट फेरि ’सलह’ भित्रिदैछ भन्छन् खै ? कस्तो आपत आयो–आयो.. ?? चौतारीमा मा ’फौजी किरा’ र ’सलह’का विरुद्धमा छलफल हुनुपर्ने हो । सुख छैन हामीलाई आपसमा मन जलेका छन् एक आपसमा विचार गलेको छ..... हुनुपर्ने एउटा, भएको छ उल्टै रोदन बढेको छ... एक आपसमा दोषारोपण चलेको छ ... आज चौतर्फी रमिता छ.... आँधी आउने निश्चित छ त्यसैले आकाश कालो मैलो भएर बादल मडारिँदै छ !! कोही रंगका कुरा गर्छन् कोही बे ढंगका आप्mनै घरभित्रको लडाइँमा को जित्लान र ? हार त घरकैका हुने हो क्यारे ! घर भित्रको यो लडाइँ ’फौजिकिरा’ र ’सलह’ जस्तै लाग्दैछ । आखिर पÞmेरि आँधी आउने निश्चित छ । हुरी चल्दैछ ।
