के हामीमा मानवता हराएकै हो ? समाजमा के अब मानव, मानव नरहेकै हो ? अरुको दुःखमा हाँसेर मज्जा लिने के यो हाम्रो मानवता हो ? कि मानवतामा चुकेको मानिस हौँ हामी ?? कोही त्यहाँ भुइँमा मृत्युको अन्तिम घडीमा तड्पिरहेको हुन्छ तर हाम्रो मानवता उसलाई सेवा गर्नु मृत्युको मुखबाट बचाउनुको सट्टा उस्को अगाडि क्यामेरा तेर्साउनु हो ? अन्तिम घडीमा रहेको मानिसको भिडियो खिचेर विभिन्न सामाजिक सञ्जालमा विचरा, कठैबरा भन्दै पोस्ट गर्नु हाम्रो मानवता हो ? बलात्कार, हिंसा, हत्या दिनदिनै बढ्दो छ नेताहरू पैसाको पछडि दौडिन्छन् आप्mनै देशका जनतालाई बेचेर शरणार्थी बनाई आफू पैसा कमाउँछन् सरकारी जग्गालाई आप्mनो बनाई सकेको जति जनतालाई दुःख दिन्छन् के यो सब मानवता हराएकै हो ? आज भोलि मानवमा मानवता छैन मानवतामा कुनै मानव छैन अरुको दुःखमा ताली र खुसीमा गाली गर्छौ हामी आजकाल अरुको सफलतामा खुट्टा तान्ने अरुको हारमा रमाउने यो हाम्रो कस्तो मानवता हो ? शान्तिनगर, काठमाडौं
