ताज तिम्रोलागि प्रेमको एउटा प्रतीक हुन सक्छ । तिमीलाई यी रमणीय स्थानसँग श्रद्धा हुन सक्छ । मेरी प्रियसी, तिमी कतै अन्तै भेट्ने गर मसँग । राजदरबारमा गरिबको प्रवेशको के अर्थ ? जुन द्वारमा टाँसिएका छ्न वैभवका चिन्हहरु त्यही पथमा प्रेमिल आत्माले यात्रा गर्नुको के औचित्य ? मेरी प्रियसी, प्रेमको विज्ञापनको पर्दा पछाडी लुकेका वैभवका चिन्हहरु त तिमीले देख्नुपर्ने । मुर्दा शासकहरुका चिहानसँग रमाउने तिमी । आफ्नो अँध्यारो झुपडीमा एकचोटि त चिहाउनुपर्ने । असंख्य मानिसहरुले प्रेम गरे, यो जगतमा कस्ले भन्छ, पवित्र थिएन उनीहरुको माया तर थिएनन् कुनै प्रेमको विज्ञापनका साधनहरु किनकि उनीहरु पनी निर्धन थिए हामी जस्तै यी महल र दरबारहरु, यी किल्ला र पर्खालहरु स्वैच्छाचारी राजाको महानताको स्तम्भ संसारको पच्छौरीमा बुट्टा भर्ने ती रङ्गहरु जस्मा मिसिएको छ तिम्रा र मेरा पुर्खाहरुको रगत मेरी प्रियसी, उनीहरुले पनि त प्रेम गरे होलान् जस्का हातका कलाले प्रदान गरे यो सुन्दर रुप उनीहरुको प्रेमको चिहानको नाम निशान छैन आज सम्म न कसैले जलायो कुनै दियो ! यी बगैंचा, यो जमुनाको किनारा, यो महल यी चित्र कुँदिएका भित्ताहरु, यी खोपा र ढोकाहरु एउटा बादशाहले दौलतको सहारा लिएर हामी गरिबको प्रेमको उडायो भद्दा मजाक मेरी प्रियसी, कतै अन्तै भेट्ने गर मसँग !! कविता ः– साहिर लुधियानवी अनुवाद ः– रिमा के सी (शाहीर, अमृता र इमरोजको सम्झनामा)
