IMG-LOGO

आज बिदाको दिन हो

 सोम, पौष २८, २०८२  – पारिजात

  प्रिये आज बिदाको दिन हो, के मलाई हेरिदिन्नौ ती सागर – नयनहरूले, जसका प्रदर्शन पहिल्याएर मलाई जीवनको किनारा पुग्नु छ ?   प्रिये, आज आत्मसमर्पणको दिन हो, के मलाई पहिराइदिन्नौ अश्रु–विन्दुहरुको माला, जसको पत्र–पत्रको सुगन्धमा आफैंलाई समावेश गर्नु छ ? प्रिये, आज मैले जीवन विसर्जन गरें, के मलाई समात्न दिन्नौ सम्झनाको त्यो झिनो धागो, जसमा झुण्डिंदै मैले अन्तिम श्वास निभाउनु छ ? प्रिये, आज बिदाको दिन हो !      

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्