सार्दै मात्र जानुस् यहाँ गाग्रीको नि पानी सकिन्छ बोल्दै गर्नुस् है हजुर नत्र चिनाजानी सकिन्छ । म जमानी बसेर नै उसले छोरो उडाएको हो हो उस्ले ऋण तिरेपछि मेरो जमानी सकिन्छ । सुन्नुहोस् तपाईंको सम्पत्ति भनेको इज्जत हो इज्जत सकियो त तपाईंको लगानी सकिन्छ । माया कहिल्यै नमर्ने अमर कुरा हो तैपनि श्रीमानको मृत्युपछि सिंदुरको निशानी सकिन्छ । सुनेको छु मैंले पर्खिनेको आयु छोटो हुन्छ रे कुर्दाकुर्दै एकदिन आफ्नै जिन्दगानी सकिन्छ । नुवाकोट हाल बेल्जियम जाडोमा युरिक एसिडको समस्या
