निर्जीव सुन्दर शशिको, जान्दिन मन पनि हुन्छ के पीर मिठो छोइ, संतप्त उसले पार्छ ? के सम्झनाको सौरभ, उन्मत्त कहिल्यौ पार्छ ? विरहको व्यथाले आँसू, आँखा भरि के ल्याउछ ? तर ज्वार सागर हरुमा, होइन उठेको निष्फल आखिर नुहिहेर जुनले, चुमनै क्षितिजमा पर्छ संध्या फिरेर आँउछिन, सुन्न बिहअंग को कलरव फक्रनु नलिनीदल भनि कन, रविले उदित हुनु पर्छ ज्वालामुखी अन्तरको, निर्बल कसरी होला एकलब्य जस्तो इच्छा, कसरी निरर्थक होला जब जुन डुब्दै फेरी, उदिन्छ जन्म लि नौलो ध्याउने चकोरी व्यर्थै, भन्न कसरी मिल्ला सगरलाई छुन बाध्यै, भै कन किरणले पर्छ पुतलीहरुको कारण, जल्नु दियोले पर्छ पतिंगाहरुका कारण, ताराहरु रुनु पर्छ भमराहरुका निम्ती, सुमन पंत्ति फुल्नै पर्छ नुहुनु सगरले पर्छ, पाई क्षितिज सन्देशा चुम्छन शिखरको मस्तक, धनका सधन धन लहरा जब साधना पुतली र, पतिंगा जलधिका पुरा हुन्छन त मेरो मात्रै, रहला कसरी अपुरा समर्पण गरेर हार्नु, कसैले परेको छैन आवाज मनको सच्चा, निष्फल भयेको छैन तिम्रो हृदयमा कोर्ला,मेरो व्यथाले एक दिन अपनत्वको मृदुरेखा, शंका रती भरि छैन (पूर्व प्रधानमन्त्रीको साहित्यिक नाम लोचन हो यो कविता २०२२ वैशाखमा लेखिएको हो ।)
