– अनुराग भट्टराई परिचय साटासाट भएदेखि तिमीसँग साँचो र झुठको बिचमा उभिएर दिशाहीन भएको छु तिमीलाई देखाउन कुनै खाली ठाउँ छैन झुटो आश्वासन दिएर मैले आफैले आफैलाई ढाट्न सकिनँ छोटो परिचय तर जुनी जुनीबाट एक अर्कालाई जानेजस्तो एकअर्काको मनलाई पढेजस्तो थाहा छ त्यो एक मृगतृष्णामात्र हो वास्तवले अटहाँस गरिरहेको छ अगाडि उभिएर मैले अर्कैको हुने वचन दिईसकेको तिमी अर्कैकी भईसकेकी। ... म त भिजीसकेछु तिमीभित्र तिम्रो अनुमतिसम्म नलिईकन तिम्रा सोचाइहरूले मलाई अपराधी नठर्हयाएइ दिए हुन्थ्यो । किशोर प्रेममा परेजस्तै यो अधबैँसे उमेरमा पनि तिम्रो यादले बेस्सरी सताइरहेको छ हावालाई चिरेर म फड्को हान्न सक्दिनँ तिमीले कैयौँ आँधीलाई झेलिसकेकी रहीछौ । तिम्रो भाषामा प्रेम अबैध हुँदैन मैले आफूलाई लुकाएको छु तिमीबाट जागेका अनुभूतिहरूलाई कसरी न्याय सङ्ग्त प्रमाणित गर्नु ! प्लेबय पत्रिकामा छापिएको मेरीलीन मुनरो को चित्रजस्तै तिम्रो अगाडि छर्लङ्ग भइदिन मनछ कुनैदिन बुझिदिए पढिदिए तिमीले आत्मतृप्त हुन्थ्यो सायद यो मन.... असम, भारत
