सिर्फ दुई केजी आलु खरिद गर्न उनी छिरेका छ्न यो सुपरमार्केटमा सस्तो छ राम्रो छ यस्तै बिज्ञापन छ बजारमा प्राचीन भरत नाटयशास्त्रबारेको एउटा पुराना पुस्तिका किन्न आइपुगेका छन् उनी यहाँसम्म बिडम्बना त्यो पुस्तक कतै पनि पाइदैन अचेल साझामा छैन, प्रज्ञाले छाप्दैन बझाङको चिसो पानी खाएकै थिए सोझो गाउँलेले सभापतिज्यूको निवासबाट सोधिरहेछ्न उनी कता पाइन्छ उत्तर आधुनिक विमर्श ? उनकोको मादलको खरि झरेको थुप्रै भयो राष्ट्रिय नाचघरतिर गाउदैन अचेल उनी पुर्वेली भाका भोजपुरमै छुटेको यादको सन्दुक जस्तो एउटा जिन्दगी बागबजार कटाइदिए के होला ? र गाउछ्न कोही सडकमा काँठे भाका ’सुख छैन साइलीरिमै दुःखकै भान्छे हुँ म नि चोटै खाएको मान्छे हुँ । झ खसखस लागिरहन्छ प्रीय लेखक तिमल्सिनालाई परार साल मदन पुरस्कार पाएको कृति कता पाइन्छ अचेल ? चितौरेजी राम दाइको किताब कतिको बिक्यो ? कस्तो बजारको चालामाला ? किन आजकाल दाहालजी दूध हालेको चिया खादैनन ? गर्मी बादल उस्तै उस्तै भएको छ पारिजातको अप्रकाशित चिठ्ठी बोकेर कति धाउन्नु हुन्छ पोख्रेलजी खुशिवु र नयाँ बजार ? आजकाल निर्मल लामा दाइलाई कसैले चिन्दैन भन्छन् नारायणकाजी दाईको खुब चर्चा छ् यस्तै छ बजार, यस्तै छ चलन बागबजारलाई न्यास्रो लागेको छ पौडेलजी चित्रमा पनि राजनीति ? कसैले सोधिरहेछ अचानक तपाईं किन भरियाको मात्र चित्र कोर्नु हुन्छ ? बैरागीजी हुनुहुन्छ विवसजी पनि बोकेकै थिए मशालको झण्डा तर अधिकारीजीले घनश्यामहरूलाई उमा महेश्वरमै भेटिरहे कपनमा यसपटक खुबै झरी पर्यो प्रीय साथी प्रलेशको कार्यलयमा आइरहेको नयाँ मान्छेलाई किन चिन्दैन हाम्रो प्रगतिशील साहित्यले ? लसुन लु सुन लेनिन लेकिन उस्तै हुन सक्दैन किनकि झण्डाले कहिल्यै पनि आन्दोलनलाई छोड्दैन (पुनश्च – कवितामा प्रयोग भएको साइलीरिमै गीत उद्धव कार्कीले गाउनु हो । जुन गीत काँठ क्षेत्रमा चर्चित छ ।)
