IMG-LOGO

पुस्तक समीक्षा (कविता संग्रह) त्यसरी त कहिल्यै सोचिएन

 मंगल, असोज २१, २०८२  – प्रा.डा. सुमनराज ताम्राकार

साहित्यका विविध विधामा सर्वाधिक रुचाइने, लेखिने र साहित्यिक सर्जकहरुले कखरा थाल्ने विधा शायद कविता नै होला । कविता छन्दमय वा वाचालका दुवै थरिका लेखिन थालेका अचेल । तर पछिल्लो समय नेपाली साहित्य क्षेत्रमा उपन्यास (आख्यान) ले छक्का माथि छक्का मार्दैछ भने कविता अलि ओझेल परेको हो कि भन्ने भान परेको छ । तर कवि मनले किन सजिलै हार मान्थे र ? यही मेसोमा निर्भिकजंग रायमाझीले पनि कृतिकै रुपमा लिएर आएका छन् – ‘त्यसरी त कहिल्यै सोचिएन’ शिर्षकमा कविता संंग्रह । संग्रहका रुपमा, कृतिका रुपमा व्यावसाियकत तवरबाट साहित्यिक बजारमा बिक्री गर्न अलि अभर छ, अहिले । तर पनि काव्य गोष्ठी, समारोह, जमघट एकसेएक उम्दा कविले आफ्ना रचनाहरु हवामा हल्लाई हल्लाई श्रवण गर्न पाउँदा निकै आनन्दित, आल्हादित हुन सकिन्छ । त्यसो भएर जो कोही कवि बन्न सकिँदैन, बन्नु पनि हुँदैन (कनि, कनिवरि) तर श्रोता हुन, पाठक हुन जो कोहिलाई छुटैछुट छ । आउनुस् विचरण गरुँ निर्भिकको कविता संग्रह माथि । यससंग्रहको कविताक्रमलाई मनको आँखीभ्mयाल, देश–देशाटन, सपना देख्छ जिन्दगी, अन्तै कतै हिँडेको थिएँ र किस्ता किस्तामा स्मृति गरि प्रत्येक खण्डमा जनही दश थान कविता समेटिएका छन् । आँखीभ्mयालको महत्व बुझाउँदै कवि भन्छन् – ‘जस्तो त्रासमा पनि संसार चियाउन पाइयोस्, जस्तो याममा पनि क्षितिज निहार्न पाइयोस् ।’ वास्तवमा आँखीभ्mयालको विशेषता नै यही हो । पहिलेका समय त भईहाले राणाकाल एवं पंचायत कालखण्डका बन्द समाजमा पनि विशेषतः रैथाने महिलाहरुले भरपूर फाईदा लिएका थिए आँखीभ्mयालको । त्यो बेलाका घरहरुमा आँखीभ्mयाल अनिवार्य भैंm थियो । आखिर बिछोडिनु नै थियो भने नभेटेकै जाति भने जस्तै कवि बिदाइमा शिर्षकमा पोख्छन् – ‘किन भेटेछु त्यो दिन, कि आँखा दोबाटोमै टिकाएर छुट्टिनुप¥यो त्यो दिन’ । प्रेम मिलनबाट बिछोडिँदा रोदन भाव टपक्कै टिप्न सफल छन् कवि यस कवितामा । यस कविता संग्रहकै शिर्षक कविता अर्थात् कविकै हिसाबले पनि सबैभन्दा मुख्य कविता हो – ‘त्यसरी त कहिल्यै सोचिएन’ । हाम्रा दैनिकीका कति धेरै कुरा, विषय, परिप्रेक्ष्य, प्रसङ्ग वा घटना हामी कति सामान्य, हल्का तवरले लिईरहेका हुन्छौ भन्ने आभाष दिलाएका छन्, कविले । कवि, गैरकवि सबैले अनुभूत गरिरहेकै कुरा हुन् तर पनि कवि मनले कसरी चटक्क टिप्न सकेको ? अथवा यस्तो भाव प्रस्तुत गर्ने ठेक्का किन कविकै पोल्टामै परेको ? किन अरुले पनि भन्ने आँट गर्न नसकेको – ‘पछुतो मानेर कहाँ विगत बदलिन्छ, उल्टै पाएको खुशी गुम्न सक्छ । आजचाहिँ सबै दुःख बिर्सेर खुशी–खुशी जीवनलाई स्वीकार्छु, त्यसरी त आजसम्म सोचिएन ।’ हो, यसरी ५० थान कविता छन् यस संग्रहमा, मुटुमा घोचिने, आँट नै रसिने, अन्तस्करण गाँठो पार्ने, किलकिलो नै हिक्क पार्ला पार्ला जस्तो बनाउने । यस्तो प्रतीत हुन्छ, निर्भिकले टेबुल कुर्सीमा आसन जमाएर कविता रच्ने क्रममा घरि नौनीका, घरि फलामका तरवाररुपी, घरि ब्लेड सरिका, घरि पूmलका पत्र सरिका कलम चलाएका हुन् । कविलाई सत्ता, शासक अनि संस्थापनसँग एकखालको असन्तुष्टी त छँदै छ, त्यसको अलावा बतास, हावा हुरी, साँझको समय, नक्शा बनाउने, होली खेल्नेसँग पनि बेग्लै खालको गुनासो छ । यस कविता संग्रहका मूल कविता बाहेक खीर खाने दिन, शीतल निवासको गर्मी, नमस्कार गर्न भुलेछु, धमिलो रैछ पानी रानीपोखरीको, भान्साकोठामा बुद्ध, अखबार, मोनालिसा, जिन्दगी मलाई पनि दुख्छ, जब्बरका छन् । कवि हृदयले कसरी छाम्छन् जुरेली मन, भमराको व्यथा, सूर्यमुखीको बाध्यता, एस्ट्रेको पीडा ? निर्भिक, के छ तिमीसँग त्यस्तो हतियार, औजार, मेशिन ? हामीले देखेको, भोगेको वस्तु, तत्व, जीवन तिमीले कसरी पृथक तरिकाले खुट्याउन सकेको ? कविताको आवरण नामुद चिराग वाङ्देलको मेहनतले चार चाँद लगाई दिएको छ । भित्री खण्डहरुमा पनि चित्ताकर्षक स्केचहरुले कृतिको वजन झन् बढाई दिएको छ । त्यसरी स्केच कोर्नेमा गरिमा अधिकारी, नीमा लामा, रसिक राज, एरिना ताम्राकार, महेश बस्ताकोटी छन् । निर्भिक, दश दश थानका कविता छुट्याएजस्तै यो लैङ्गिक समानता अनि अवसर पनि, के यो ग्राण्ड डिजाइन नै हो ? काभ्रेका एक सर्जक निर्भिकजंग अहिले उच्च अध्ययनका लागि बेलायतमा छन् । तन मात्र त्यहाँ हो, मन त यतै चारजात छत्तिस वर्णको पूmलबारीमा डुलिरहेको आभाष गर्न सकिन्छ । रङ्गभेद नै गर्ने हो भने, नश्लियचेत राख्ने नै हो भने – ‘मेरो टोपी कैलाशको शिरजस्तो छैन’ भने धावा बोल्ने कवि कति मिठो सत्यता (अकाट्य सत्य) महशुश गर्न सचेत गराउँछन् –‘मर्छु कि जस्तो लाग्नेछ जुन दिन, जीवन शुरु हुनेछ खासमा त्यही दिन’ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्