मैले हेरिरहेथें सारा जगलाई आउँथे, जान्थे कोही निवास गर्थे मभित्र । एक उपद्रवी झुन्ड आएर झोसे आगोको मुस्लो कसैको प्रतिशोधमा जलाए मलाई जलिरहेँ म ह्वारह्वार्ती दुःखिरह्यो छाती के दोष थियो र मेरो जलायौ मलाई ? म तिम्रो धरोहर थिएँ म तिम्रो मनोहर थिएँ म तिम्रो इतिहास थिएँ म तिम्रो वर्तमान थिएँ म जे थिएँ तिम्रै निम्ति थिएँ के दोष थियो र मेरो जलायौ मलाई ?
