यदि मरेँ भने युद्धमा बक्स भित्र हालेर घरमा पठाउनु भए सम्भव नत्र जलाउन मिले जलाउनु नमिले माटोमा लुकाउनु त्यो पनि नमिले कतै फालिदिनु मेरो लासलाई ! राईफल राखेर छातीमाथि मेरी आमालाई भनि दिनु राम्रो काम ग¥यो बहादुर भएर सिपाही आमा, आँशुका ढिका नझार्नु अतितलाई सम्झेर ज्यान मात्र सुक्ने हो हजुरको म त फर्केर आउँदिन नि त्यसैले ज्यान सुकाउने काम नगर्नुहोस् । हाम्री हजुरआमाले अस्ति कान्छा काका गुमाए पनि बाँच्न विवस छिन् पीडाको बोध हुन्छ बेला बेला कसरी सक्छिन् होला मनलाई बुझाउन गाह्रो हुन्छ मलाई त त्यसरी नै त्यो मनलाई सम्हाल्नु है आमा मेरो बुवालाई भन्नु कि, नगर्नु चिन्ता छोराको चित्त दुख्ला भनेर अब अंश मिलाउनु पर्दैन छोराको उसले लड्दा लड्दै प्राप्त ग¥यो वीरगति अनिश्चितकालीन यात्रा तय गरेर भन्नु मेरो प्यारो भाइहरूलाई राम्ररी गरिखानु तिमीहरु मध्ये कसैले लिनु बाइकको चावी र गाडीको चावी गर्नु घर व्यवहार नहुनु म जस्तै सिपाही जति भएका सम्पति भोगचलान गर्नु घट्यो अब भागवण्डा मेरी बहिनीलाई सम्झाउनु कहिल्यै निराश नहुनु बिगत झै तिहारको पललाई भुल्ने कोशिस गर नानी सम्झेर नरुनु र बुझ्नु डुबे पछि घाम फेरि उदाउने छैन भोलि बिहान तिम्रो दादा ! मेरा प्रिय मित्रहरुलाई यो खबर नभन्नु ल, उनीहरु साह्रै दुखि हुनेछन् पार्टी, रमाईलो र घुमघामको बारेमा उनीहरुले यदि सोधे भने ! मेरी प्रियसीलाई भन्नु कि, नियतीको खेल र खहरेको भेलको नियत कहाँ जान्न सकिन्छ र पीर चिन्ता नगर प्यारी सार्नु पेन्सनपट्टा तिम्रै नाममा बाँकी छ उमेर तिम्रो बिकल्प सोच्नु है ! पाँचथर +--------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
