IMG-LOGO

मलाई फेरि बालक हुन मन छ

 सोम, असार ९, २०८२  – विजय संग्रौला

जिज्ञासा र कौतुहलले भरिएर पनि रित्ता रित्ता देखिने ती शान्त आँखाहरू धारणा र मान्यताले भरिइनसकेको पूर्वाग्रह र अभिमानको जालोमा नजेलिएको त्यो स्वच्छ, शुद्ध अनि पारदर्शी मन फेरि त्यही बालापनमा फर्कन मन छ विचार र सिद्धान्तको बोझ टाउकोबाट बिसाएर मलाई फेरि त्यही अबोध बालक हुन मन छ । अस्तित्वको चरणमा पुनः आफूलाई चढाई ज्ञानाभिमानको वृथा अहममा त्यो आश्चर्यभाव फेरि जीवनमा ल्याउन मन छ सामाजिक स्वार्थले बनाइदिएको व्यक्तित्व भुलेर मेरो साँचो स्वरूपको दर्शन गर्न मन छ हृदय खोलेर हाँस्न नपाएको वर्षौं भयो भित्र आँसु लुकाएर बाहिर कति हाँस्नु ! झुटो मुस्कानको मुखौटो हटाएर धीत मरुन्जेल बेपर्वाह रून मन छ मलाई फेरि त्यही निर्दोष बालक हुन मन छ । खोला किनारमा बालुवाको घर बनाई पानीको छालले बगाउँदा खुसीले उफ्रँदै नाच्ने त्यो मन केही पलको पाहुनामात्र हुँ यहाँ म भन्ने थाहा हुँदा हुँदै अरूको घर भत्काएर भएपनि आफ्नो घर सजाउन तल्लीन यो मन यो मन त्यागी पुनः त्यो मन पाउन मन छ ब्रह्माण्ड सारा अटाउँने हृदय बनाउन मन छ समयको अंकगणितीय श्रृंखलाबाट फुत्त उम्केर मलाई फेरि त्यही रहस्यमयी बालक हुन मन छ ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्