IMG-LOGO

हरण

 मंगल, जेठ २८, २०८२  – अहमर महबुब (पाकिस्तानी कवि)

तिनीहरूले मेरो भूमि हरण गरे, मैले भनेँ ः रेलमार्ग निर्माण गरिदिएकोमा तिमीलाई धन्यवाद ।   तिनीहरूले मेरो सम्पति हरण गरे, मैले भनेँ ः मलाई ऋण दिएकोमा तिमीलाई धन्यवाद ।   तिनीहरूले मेरो भाषा हरण गरे, मैले भनेँ ः मलाई बोल्न सिकाएकोमा तिमीलाई धन्यवाद ।   तिनीहरूले मेरो परम्परा हरण गरे, मैले भनेँ ः मलाई संस्कृति प्रदान गरेकोमा तिमीलाई धन्यवाद ।   तिनीहरूले मेरो बुद्धि हरण गरे, मैले भनेँ ः हाम्रा लागि विद्यालय बनाइदिएकोमा तिमीलाई धन्यवाद ।   तिनीहरूले मेरो मूल्य हरण गरे, मैले भनेँ ः मलाई सभ्य तुल्याइदिएकोमा तिमीलाई धन्यवाद ।   तिनीहरूले मेरो सम्मान हरण गरे, मैले भनेँ ः हामीप्रति दयावान भएकोमा तिमीलाई धन्यवाद ।   तिनीहरूले हाम्रा मानिस हरण गरे, मैले भनेँ ः हामीलाई रोजगारी दिएकोमा तिमीलाई धन्यवाद ।   तिनीहरूले मेरो जीवन हरण गरे, मैले भनेँ ः मलाई बाँच्न सिकाइदिएकोमा तिमीलाई धन्यवाद ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्