उहिले–उहिले राजा कहिले जेठीतिर फर्किन्थ्यो कहिले कान्छीतिर फर्किन्थ्यो कहिले ल्याइतेतिर फर्किन्थ्यो कहिले ब्याइतेतिर फर्किन्थ्यो कहिले जङ्गल सफारतिर पुगेर सिकारतिर फर्किन्थ्यो कहिले नसामा लट्ठिएर सडकमै कलाकार सिध्याउने छोरोको अनुहारतिर फर्किन्थ्यो कहिले जनताको छातीमा गोली ठोकेर निरङ्कुशतिर फर्किन्थ्यो कहिले सुन र मुर्ती तस्करको अङ्कुशतिर फर्किन्थ्यो कहिले निर्दलतिर फर्किन्थ्यो कहिले बहुदलतिर फर्किन्थ्यो हो हो हो अहिले पनि राजा फर्किन्छ कहिले झापा पुगेर फर्किन्छ कहिले पोखरा पुगेर फर्किन्छ कहिले पूर्वतिरबाट फर्किन्छ कहिले पश्चिमतिरबाट फर्किन्छ कसले के के भन्दैछ भनेर कहिले नारातिर फर्किन्छ के कति आएका छन् भनेर कहिले जुलुशतिर फर्किन्छ कहिले प्रसाईतिर फर्किन्छ कहिले लिङ्देनतिर फर्किन्छ कहिले दायाँतिर फर्किन्छ कहिले बायाँतिर फर्किन्छ अनि देशले धान्नै नसक्ने विदेशीले लादिदिएको संघीयता बोकेका भ्रष्ट नेता र नेतृत्वको कुशासनले वाक्क दिक्क पारेका बेरोजगार र निरास जनताहरूको सपनामा निद्रा नखुलञ्जेल एकैछिन फर्किन्छ ।
