IMG-LOGO

चार छोक

 मंगल, फागुन २०, २०८१  – सुमी लोहनी

१ कटु सत्य अति भएपछि समय आरनमा साँध लाग्न थाल्छ अस्त्रशस्त्रमा ।   २ कटु सत्य   ठीक बेठीकको भेद पाउन छोडी कात्रोमा खल्ती हाल्दै सत्यको खिल्‌ली उडाउन थालेपछि काँध थाप्न सक्दैन कसैले ।   ३ कटु सत्य   धैर्यले सीमा नाधेपछि उम्लिन थाल्छ रगत जस्तै कातरको पनि नसा–नसामा ।   ४ कटु सत्य   ’मै सर्वेसर्वा हुँ’को भ्रममा शक्तिले मदमत्त भै उम्लिएपछि आफ्‌नै सृष्टिविरुद्ध हुङ्कार गर्न थाल्छ प्रकृति ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्