IMG-LOGO

लुब्ध नाइके

 मंगल, फागुन ६, २०८१  ---

  सिद्धान्त सोधे उत्तेजित हुने के रोग लाग्यो नि गन्तव्य सोधे लाठो नै लाउने के झोक जाग्यो नि, तथ्य र सत्य घोच्दछ तिमीलाई के भयो भनन के दियौ देशलाई घरिना हुँदा प्रश्न त सुनन । सुनलाई पित्तल, पित्तललाई सुन किन पो भन्दछौ, रात–दिन केवल सत्ताको हिसाव लुब्ध भई गन्दछौ ! चामल र ढुंगा उस्तै हो भन्छौँ स्वार्थको बगरमा फनफनी जनता घुमाउँछौ किन त्यो कालो कहरमा ? भनन भन तृप्ति तिमीलाई कहिले हुने हो ? भ्रष्ट आचार, बेलगाम कृत्य असह्य हुने भो, सामूहिक घर कसरी भन्छौ एकलौटी मेरै हो ? पाखण्डतन्त्र, अवसरतन्त्र अब त धेरै भो ! यहाँ मातृभूमि चित्कार गर्छिन् अट्टहास गर्दछौ स्वाधीनता, गौरव जोगाउनु पर्दा लुसुक्क पर्दछौ, नठान यहाँ स्वाभीमान हाम्रो मरेर जानेछ शक्तिको उन्माद सबैलाई अब खर्लप्पै खानेछ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्