शब्द नै काफी छ । प्रेममा दया छ प्रेममा सद्भाव छ प्रेम वसमा छैन प्रेम शब्दमा छैन प्रेम छ त वस, मनमा छ, आत्मामा छ । तिम्रा आखामा छ अनि तिम्रा अनुत्तरित प्रश्न मा छ । खोजेर पाईन्न अनि देखेर पाईन्न खोसेर पाईन्न यो प्रेम । यो प्रेम अदभुत छ । प्रेममा शर्त छैन, अनि स्वार्थ छैन प्रेम त निशब्द छ । अनुत्तरित प्रश्नको संगालोमा छ प्रेम कसैको अगालोमा छैन यो प्रेम । यो आशामा छैन अनि भोगमा छैन वस, यो प्रेम छ त ह्रदयको अनन्त गहिराइमा छ । निस्वार्थ प्रेममा न भाव छ न भावना छ छ त केवल निशब्द संझना मात्र । यो साट्नु पर्दैन यो अदृश्य छ जहाँ छ, यो अमर अजर छ ।
