IMG-LOGO

यो वृद्धाश्रममा

 मंगल, भदौ ११, २०८१  – रामशरण न्यौपाने

छोरा चार थिए विदेश दगुरे चाहन्न क्वै आउन ल्याए पुत्रबधू प्रवास तिरकै छौँडी उठाई कन बाटो बन्द भयो हरे मुलुकमा फिर्ने सुनौलो झन् यो वृद्धाश्रममा बसेर कसरी गुज्रिन्छ हा ! जीवन॥   आफ्नो गाउँघरै विषे छ मन यो मात्रै छ देही यहाँ आफू गर्न भने सकिन्न सहसा सामथ्र्य केही उहाँ सम्झेरै घरको सबै झलकले काटिन्छ मेरो मन यो वृद्धाश्रममा बसेर कसरी गुज्रिन्छ हा ! जीवन॥२   गैह्री खेत थियो उहाँ दशमुरी जो मार्सी धानै हुने खुड्को मात्र हुँदैछ साथ अहिले सम्झेर रोजै रुने हारेको स्वत इन्द्रतुल््य छु यहाँ सम्पूर्ण इन्द्रासन यो वृद्धाश्रममा बसेर कसरी गुज्रिन्छ हा ! जीवन॥३   निन्द्रा छैन निशाविषे नजरमा आएर इन्द्रावती घामै लाग्छ दिवाविषे न तनमा आएर उर्जा रती खानामा न त भो रुची उदरले माग्यो रमाईकन यो वृद्धाश्रममा बसेर कसरी गुज्रिन्छ हा ! जीवन॥४   चौतारी घरको समीप बहुतै सानन्द दिन्थ्यो उहाँ हाँगा भित्र चरा अनेक सुरिला सङ्गीत भर्थे जहाँ भेटिन्थे दिनमै सयौँ सहृदयी साथी र सङ्गीजन यो वृद्धाश्रममा बसेर कसरी गुज्रिन्छ हा ! जीवन॥   खाइन्थ्यो घरकै मिठो र मसिनु पारेर चोखो अति बारीकै फल फूल साग सबजी खोजेर चाहे जति गाई गोठविषे थियो र पयको धारा बहन्थ्यो झन् यो वृद्धाश्रममा बसेर कसरी गुज्रिन्छ हा ! जीवन॥६   आफू मात्र कहाँ यसै कहरमा साथै छ अर्धाङ्गिनी यस्तो नर्कविषे रहन्न म भनी गर्छे सधैँ फन्किनी पक्षी त्यो पिँजडा परेसरि भयो  छोडेर प्यारो बन यो वृद्धाश्रममा बसेर कसरी गुज्रिन्छ हा ! जीवन॥७   सेवा जो जति नै गरे पनि यहाँ आएर प्याराजन आफ्नै सन्ततिको समान सुखले रम्दैन मेरो मन न्यास्रो लाग्छ सधैँ विशेष घर नै सम्झेर वृन्दावन यो वृद्धाश्रममा बसेर कसरी गुज्रिन्छ हा ! जीवन॥८    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्