भासिन मन त थिएन मलाई तर के गर्छौ साइली ?? म नभास्सी यो मरुभूमिमा फूल्दैन तिम्रो ओठमा मुस्कान डुब्न लागेको घाम जस्तै ः म डुबे र पो यो दुःखको महासागरमा अनि बल्ल जूनजस्तै उज्यालो भएको छ मेरा बुढा बा– आमाको मुजा परेको अनुहार भासिन मन त थिएन मलाई तर के गर्छौ साइली ??? उक्लनै नजाने पनि उक्लन छाडिन संघर्षको अग्लो पहाड र पो हाम्रा छोराछोरीले पढ्न पाएका हुन् सगरमाथा जतिकै अग्लो भवन भएको ठूलो शहरको ठूलो बोडिङ स्कुलमा।। बरु आफै जल्छु यो मुग्लानको गर्मीमा तर बैनीलाइ जल्न दिनेछैन दाइजोको निहुँमा अनि बल्ल लगाउने छु , बैनीले आगनमा सारेको मखमली र सयपत्रीको माला... भासिन मन थिएन मलाई तर के गर्छौ साइली ??? साहुको तमसुकमा लेखाको जमिन संगै मैले फर्काउनु छ धेरै कुरा तिम्रो खडेरी परेको हृदयमा बसन्त छोराछोरीको हराएको बचपन आमा बुवाको लौरो !! बहिनिको अधुरो सपना .....
