– डा. राजेन्द्र कोजु आमा शब्दै काफी छ मन लाई तरंगीत बनाउन पुलंकित हुन स्नेहमयी बनाउन शान्त पार्न आमा सम्झे पुग्छ आफैमा हराउन हौसला जगाउन मिहेनत गर्न निडर हुन आमा संगै भए त झन् म जत्तिको सुखी म जत्तिको खुसी म जत्तिको भाग्यमानी मलाई जत्तिको आनन्द कसलाई होला भन्ने आत्मबिभोर नै हुन्थ्यो आमा तिम्रो माया, तिम्रो साथ तिम्रो स्याहार, तिम्रो हेरविचार जहिले मनमा आउछ, आइरहन्छ, आइरहनेछ अन्त – अनन्त सम्म चिता सम्म प्रमाणित गर्न सके परलोक सम्म आमा तिमि म भित्रै हुनुहुन्छ यहिँ भित्रै मन भित्रै, मुटु भित्रै हरेक श्वासमा, हरेक कर्ममा, हरेको दायित्वमा, हरेक कर्तव्यमा तिम्रै कल्पले त म यहाँ छु तिम्रै रेखदेखले त म यत्तिको भाको छु र त तिम्रो सम्झना, तिम्रो कल्पना, तिम्रो महसुश म हरपल गर्न चाहन्छु, गर्ने गर्छु, गरि रहनेछु
