IMG-LOGO

आँखा

 मंगल, असार १९, २०८१  – कुञ्जदेवी उपाध्याय

  प्रेमको परिभाषा बोकेर लजालु छन् तिम्रा आँखा   अनुहारमा छाएको लाली मनको भावना लुकाएर छरपस्ट चिन्तामा डुबेको देखिँदै छ   परेलीमा मुस्कान भर्दै बाँधेर राखेको मन भिड फालदै मायालु आँखाको तलास गर्छ लुकाएर भावना   असङ्ख्य सपना र सन्देश छ ती आँखामा ओठमा ल्याएर हेर फक्रन देऊ कोपिला मायाँ नै मायाँले भरिएको जगत् छ   बन्द आँखामा होइन् खोलेर सजाउने गर सपना मानवीय मूल्यबोधले पूर्ण गर्ने जगत्लाई मर्यदाको पाठ पढाऊ   शब्दको धारले न रेट मौनताको आगामा न पोल उन्मुक्त गरिदेउ भावनाका लहर आत्मतृप्तिको उज्यालोमा खेल ।   लिएर होइन दिएर मिल्छ खुसी निन्दले होइन प्रेमले मिल्छ मर्यादा अरूको आनन्दमा रमाउने गर दुःखमा साथ दिएर सहारा बन   राजनीतिक नेताझैँ पर्लक्क पल्टिएर हुन्न लहरोझैँ अर्काको भरमा बाचेर हुन्न वटवृक्षसरि दर्बिलो बन्नुपर्छ मान्छे भएर मान्छेका लागि बाँच्ने गर ।   कान र आँखाको झगडामा अलपत्र परेको चस्मा भएर होइन चस्माको तल लुकेर मुटुभित्रको तजुर्बा छर्लङ्ग देख्ने आँखा हुनु छ अझै धेरै हेर्न बाँकी छ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्