म मौन छु ! मौनता पनि एउटा गहिरो गफ हो म तिम्रो चित्र कोर्दै सुन्दर शब्द शब्दकोषमा खोज्दै कुरा गरिरहेको छु । तिमीलाई यतिबेला कस्तो छ ? माफ गर गौशाला २६ सबै मौन छन् अनि मुख टालिएका सवैको मुखुण्डो उत्रीरहेको यो बेला मेरो मन , वचन र कर्महरू कसरी मौन हुन सक्छन् र ? सक्दै–सक्दैनन् हैन र? मलाई पनि अलिअलि थाह छ कानुन, न्याय र राजनीति हाम्रो देशको न्यायालयमा हरेक पल्ट गोरु ब्याएको फैसला हुन्छ मान्छेहरु पत्याईदिन्छन् तर मलाई त पत्यारै लागेको छैन तिमीले जस्तोसुकै अवस्था पनि तिम्रा पाईलाहरुका डोबहरु छोडिरहनु जसै हरेक मान्छेले जन्मिएदेखि आँगनमा खेलेको–दौड़ेको रोएको–हाँसेको, नाचेको–लडेको उठेको–बलियो भएको अर्काले गरिदिएर हैंन गौशाला आफ्नै खुट्टाले हो आफ्नै पाखुरीले हो। कोटेश्वर, बानेश्वर सवैलाई भनेको जे जति भएको छ सबैले आफैँले गरेर भएको हो आफैँले । तिम्रो पीडामा मेरा यिनै शब्दले मलमपट्टी गरें । गौशाला, यति गहिरो कुरा गरेर पनि म देखिनलाई मौन नै देखिन्छु हगि ?
