IMG-LOGO

पानी माथिका सपनाहरू

 मंगल, बैशाख १८, २०८१  केशव ज्ञवाली आगतु

  देशमा पानीका हजारौँ मुहानहरू छन् तर देशको राजधानीमा धारामा पानी आउँदैन पानीको नाउँमा महिनैपिच्छे महङ्गो बिल आउँछ उता गाउँमा एक गाग्रो पिउने पानीको लागि आफ्नै पसिनाको एक सिङ्गो बिहान वलिदान दिनुपर्छ ।   देशको सिमानाबाट पानीको बहाब बाहिरिएपछि आफ्नै देशमा खेत र बारीहरू बाँझो भएका छन् तैपनि घर चलाउनका लागि भन्दै पानी र आम्दानी नभएको घरबाट युवाहरू देश छाडेर सिमानापारि पसिनाको मूल्य खोजिरहेका छन् तर आकाशे पानीको कुनै भर हुँदैन ।   देशबाट दिँउसै युवाहरू आफ्नै देशको नदीमा नहर बनाउने सपना थाती राखेर विदेसिएका थिए तर उनीहरूलाई नेताहरूले भाषणहरूमा झैँ कविहरूले कविताहरूमा झैँ नायकहरूले नाटकहरूमा झैँ घरका कुनै सदस्यले फोन गरेर घर फर्कन भन्दैनन् अपितु आफ्नो खातामा पठाएको रेमिट्यान्समा  उनीहरूको देशभक्ति मौन छ ।   रूरूक्षेत्र, गुल्मी हाल(सूर्यविनायक, भक्तपुर ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्