IMG-LOGO

जिन्दगी ?

 मंगल, बैशाख ४, २०८१  – निभा शाह

  जिन्दगी तिमी शमसान घाटको फूल हौउ कुनै पनि बेला झर्न सक्छौ त्यसैले त जिन्दगी घाम होस कि तुषारो तिमी फूलीरहनु तिमी मुस्कुराइ  रहनु ।   जिन्दगी तिमी निराश नहुनु चट्टानले हेय गरेको नदी नै चट्टान डुबाउने सागर हो ।   जिन्दगी  तिमी निराश नहुनु दाग लागेको चन्द्रमा नै आकाशको सुन्दर फूल हो दाग लागेको चन्द्रमा नै चाँदनी छर्ने जून हो दाग लागेको चन्द्रमा नै इदको चाँद हो ।   जिन्दगी तिमी निराश नहुनु ग्रहण लागेको सूर्य नै ग्रहण निल्ने सूर्य हो ।   जिन्दगी तिमी निराश नहुनु एकदिन त सूर्य पनि निभ्छ जिन्दगी तिमी आफ्नै मृत्युबोधमा उदाइरहेको सूर्य हेर्नु जिन्दगी तिमी आफ्नै मृत्युबोधमा सिद्धार्थ बुद्ध बनेको हेर्नू ।   जिन्दगी तिमी  शमसान घाटको सूर्य हौ कुनै पनि बेला निभ्न सक्छौ जिन्दगी तिमी आफ्नै मृत्युबोधमा उदाइरहनु ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्