IMG-LOGO

गीतः

 मंगल, चैत २०, २०८०  – सुनिल संगम

  फुरुरु फुरुरु हिउँ प¥यो हिमाल झनै अग्लिन्छ तरुनी मनको रहर मनैमा जम्छ पग्लिन्छ जाडोले ज्यान काम्दैछ भेडीगोठ सार्ने बेला भो पिरती लाउनै पाइएन दैबको कस्तो खेला हो   चौरीको बथान धपाउँदै च्याङ्वा त बेसी झर्दैछ  भेट पो होला कि नहोला मनमा पीर पर्दैछ पीरले मन खाने भो जोवन त्यसै जाने भो ज्यानलाई केही था,छैन कर्मले कता लाने हो   गुराँसे रङ्ग गालैमा चिसो हावाले छोईदिन्छ हिउँ झैँ गोरी मुहार हिउँले झनै पो धोइदिन्छ  फूल झैँ फक्रेको जोवन ओइलेर फूल झैँ झर्ने भो मनमा बसेको यो माया मनैमा त्यतिकै मर्ने भो  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्