विमानस्थल अगाडि म मर्दा मलामी तँ होलास् नहोलास् बसी छेउ मेरो तँ रोलास् नरोलास् लिई हातमा फूलपाती त्यतैका झुकी पाउ मेरो तँ छोलास् नछोलास् । १ त्यसैले तँ हेर बाउको रूप आज र सक्छस् भने रो पचाएर लाज अरूझैँ मलाई तँ मान् आज साथी अँगालो तँ लाग् बाउको वक्षमाथि । २ यही रूप मेरो तँ देख्लास् नदेख्लास् तँ यो अन्तिमी सास भेट्लास् नभेट्लास् तँलाई भनी लास कुर्लान् नकुर्लान् चिताको कुरा के र ! पुर्लान् नपुर्लान् । ३ त्यसैले तँ दे एक काँटी सलाई त्यही अग्निले खाक पार्लान् मलाई म चाहन्छु तेरो सदा होस् भलाइ गरेँ पुत्र मैले तँलाई बिदाइ ४ (भुजङ्गप्रयात छन्दमा)
