IMG-LOGO

रूखहरू नांग्गै छन्

 मंगल, चैत ६, २०८०  – लालगोपाल सुवेदी

सीधा रूखहरू सीधै छन् बांग्गा रूखहरू बांग्गै छन् लाज पचेका नकच्चरा भनिन्न तिनलाई रूखहरू नांग्गै छन् न त सीधा रूखले धनुष्टंकार मुद्रामा कसैको चाकरी गरे न त बांग्गा रूखहरूले हैकमी भावमा सीधा ठडिएको अभिनय गरे   बासना त धूपीका हाँगा र पातबाट पनि आउँछ बासना त सुटेड बुटेडगुन्डोको कोट र टाइबाट पनि आउँछ भन्नै पर्दैन रातो गुलाफ रूखलाई सुहाउँछ कि दिनदिनै प्रेमिका फेर्ने अधबैंसेलाई सुहाउँछ   गीत त कोइलीले पनि गाउँछ गीत त पल–पल बोली बदल्ने छलीले पनि गाउँछ देखिन्नन् कतिपय कुरा नांग्गा आँखाले   सुन्दर भन्नु भित्रैबाट आउने सुवास हो कि बेमौसमी हावाले नचाएको फूल–परीहरूको नाच ? मीठो भन्नु कस्तुरी गन्ध हो कि महंगा महंगा अत्तरको वास ?   सब थोक कृत्रिम लाग्न थालेका छन् अचेल सफा मन हुनेले मात्र गर्दैनन् अभिनय नाटकमा एकथरी पात्रहरू अचेल कुटिल कर्तुतयुक्त भावमा पनि रंगीन शब्दहरूको जामा लगाइदिन्छन्   कतिपय नाट्य नाट्यांशको अन्तर्य हुन्छ फोहर तर तिनैले वाह वाह र ताली खाइदिन्छन् झुट बोल्न खप्पिस भैसकेका छन् कतिपय नटराजहरू भीमकाय सभामा, मन्चमा, नाट्यप्रदर्शनमा महापुरूषत्वको अभिनय गरेर बाठा भैसकेका छौं भन्नेहरूलाई नै छकाइदिन्छन् को राम, को हराम नाटक टुंगिएपछि मात्रै थाहा पाइन्छ ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्