IMG-LOGO

नेपाल र नेपाली

 मंगल, फागुन १५, २०८०  – दयानिधि अर्याल

आँखाको नानी मुटुको टुक्रा देश यो महान आहुती दिई बचाई राख्ने पुर्खालाई सम्मान अमर सिंह बलभद्र अनि भीमसेन लडेर देशको माटो पवित्र राखे रगत दिएर । १ ।   देशको माटो बैरीले कुच्दा देशभक्त जाग्दछ खुकुरी हातमा लिएर वीर शिर तिम्रो ताक्दछ कुटिल बीज रोपेर यहाँ महान नबन विषवृक्ष रोपी सखाप बन्ने खाडल नखन । २ ।   व्वाँसोझैँ बनी सर्वस्व हर्ने कुचेष्टा तिम्रो छ छिमेकी छाती कुल्चने यत्न निष्फल बन्दछ पिएर पानी ओकल्छ आगो अस्मिता रक्षार्थ कुदृष्टि अनि कुकर्म सारा बन्दछन् अनर्थ । ३ ।   अभिमान अति बढेमा सबको दुर्दिन आउँछ गुमाई विवेक हिंस्रक बन्दा मान सान गुम्दछ बुद्धको भूमि शान्ति दीप बाली सन्देश छर्दछ गौरव गाथा बचाई राख्न अगाडि सर्दछ । ४ । (अर्याल पोलर स्टार आवासीय मावि भरतपुर–८  गौरीगञ्जका प्राचार्य हुन् ।)

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्